दशैं अर्थात नवरात्रीको हिन्दूहरुको निकै ठूलो पर्व हो । हिन्दू धर्ममा पनि नवरात्रीको महिमालाई व्याख्या गरिएको छ ।
घटस्थापना देखि सुरु हुने अश्विन शुक्ल प्रतिपदाबाट सुरु हुने नवरात्रीको समयमा नौ दिनसम्म विधिपूर्वक दुर्गा भगवतीको पूजाआजा गरिन्छ ।
‘असत्य माथि सत्यको विजय’को प्रतिकको रुपमा नवरात्रीमा हर्षोल्लासको साथमा दुर्गा भगवती पूजा आजा गरिन्छ ।
नवरात्रिमा नारी शक्ति अर्थात देवीको ९ स्वरुपको पूजा अर्चना र उपासना हुने गरेको छ । नवरात्रीमा दुर्गा भगवतीका ९ स्वरुपः शैलपुत्री, ब्रहृमचारिणी चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, सिद्धिरात्रीको पूजा विधिविधानबाट गरिन्छ ।
यस समयमा देवीका ९ स्वरुप पृथ्वीमा निवास गर्ने धार्मिक मान्यता रहेको छ । त्यसैले यस समयमा सात्विक भोजन र यौन कार्यलाई बर्जित गरिएको छ ।
आध्यात्मिक रुपमा हेर्ने हो भने जुन घरमा नवरात्रीको पूजा गरिन्छ त्यस घरमा श्रीमान् श्रीमतीबीचको सहवासका बारेमा सचेत हुनु आवश्यक छ ।
धार्मिक मान्यताका अनुसार जसले यो नियमलाई पालन गर्दैनन् उनीहरुको मन मता देवीको आराधनामा लाग्दैन । यस्ता मानिसको मन विचलित रहन्छ । जसका कारण उनीहरुको साधना अपूर्ण रहन्छ ।
नवरात्रमा संसर्ग गर्न नुहुनेका पछाडि बैज्ञानिक कारण पनि रहेका छन् । नवरात्रमा जो मानिसले व्रत राख्छन् उनीहरुको शरीरमा उर्जाको कमी हुन्छ । जसका कारण मानसिक तथा शारीरिक रुपमा यौनाचरणका लागि तयार रहदैनन् । त्यसैले यस समयमा मानिसलाई स्वयं माथि नियन्त्रणको लागि भनिएको हो ।
धार्मिक रुपमा भन्ने हो भने नवरात्रीमा देवी भगवतीहरुको वास पृथ्वीमा हुन्छ । देवीको अंश हरेक स्त्रीमा हुन्छ । यही कारण यस समय विवाहिता महिलालाई सुहागका सामाग्री दिने परम्परा पनि रहेको छ । जसका कारण नवरात्रमा व्यक्तिले स्वयंमाथि संयम तथा ब्रह्हचार्य पालन गर्न सकोस् ।
हरेक वर्ष दुई पटक नवरात्रीका बीच आश्विन तथा चैतको समयमा ऋतु परिवर्तन हुन्छ । आश्विन नवरात्रीका समयमा शीत ऋतुको आगमन हुन्छ र चैत्र नवरात्रीमा ग्रीष्म ऋतुको आगमन हुन्छ ।
यही त्यसतो मौसम हो जतिवेला सबैभन्दा धेरै संक्रमण हुने खतरा हुन्छ । ऋषि मुनिले आउन लागेको मौसमका लागि आफ्नो शरीरलाई तयार गर्नका साथै रोग प्रतिरोधक क्षता बढाउनका लागि यी ९ दिन व्रत तथा साधना गर्ने विधान बताइएको हो । जसमा यौनकार्यबाट बच्नका लागि भनिएको छ ।
दशैंलाई माछामासु खाने पर्वको रुपमा लिने गरएिको छ । तर, खासमा धर्मशास्त्रले भने चोखो भएर दुर्गा भगवतीको पूजाआजा गर्ने हो भने नवरात्रीभर मद्यपान, माछामासु सेवन नगर्न र स्त्रीसँग शयन गर्न वर्जित गरेको छ ।
नवरात्रीमा उपवास राखेर विधिपूर्वक दुर्गा भगवतीको पूजा गर्न चाहनुहुन्छ भने माथिका कुराहरु उल्लंघन गर्न हुँदैन । संयम नअपनाएमा दुर्गा भगवती प्रसन्न नहुने विश्वास रहेको छ ।