• काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले बिहीबार अस्ट्रेलियासँग खेल्दैछ । विश्वकप फुटबल छनोटको समूह चरणको खेलमा नेपाली बलियो मानिएको टोलीसँग खेल्न लागेको हो ।

    अस्ट्रेलियाको क्यानबेरास्थित जीयओ रंगशालामा नेपालले भोलि अस्ट्रेलियासँग विश्वकप छनोट खेल खेल्दैछ । खेल नेपाली समयअनुसार आज २ बजेर ४५ मिनेटमा हुँदैछ । नेपाली राष्ट्रिय टोली एक साताअघि नै अस्ट्रेलिया पुगेको हो ।

    अस्ट्रेलियाको वातावरणमा घुलमिल गराउन र त्यहाँको स्थानीय रंगशालामा प्रशिक्षण गर्नका लागि टोली चाँडै नै उताको पुगेको हो । सन् २०२२ मा हुने कतारमा फिफा विश्वकप फुटबलको एशियाली छनोट प्रतियोगितामा नेपाल अस्ट्रेलियाको होममा खेल्न लागेको हो ।

    नेपाल परेको समूह ‘बी’ मा अस्ट्रेलियासहित जोर्डन, चाइनिज ताइपेई र कुवेत पनि छन् । एसियन च्याम्पियन अस्ट्रेलियासँग भने नेपालले अहिलेसम्म सिनियर स्तरमा खेलेको छैन ।

    विश्वकप छनोट चरणको पहिलो खेलमा कुवेतसँग ७-० अन्तरले पराजित भएको नेपाली टोलीले दोस्रो खेलमा भने पुनरागमन गर्दै चाइनिज ताइपेइलाई २–० ले पराजित गरेको थियो ।

    नेपाली टोली उच्च मनोवलसहित मैदानमा उत्रने नेपाली टिमका कप्तान तथा गोलरक्षक किरण चेमजोङले बताएका छन् ।

    जितको लक्ष्यसहित अष्ट्रेलिया जान लागेको टोलीको कप्तानीको जिम्मेवारी गोलकिपर किरण चेम्जोङलाई दिइएको छ । टोलीको गोलकिपरमा किरणसँगै विकेश कुथु, विशाल श्रेष्ठ छन् ।

    डिफेन्डरमा सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल छन् । मिडफिल्डमा रोहित चन्द, सुनिल बल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, विशाल राई छन् ।

    स्टाइकरमा विमल घर्तीमगरसँगै अभिषेक रिजाल र नवयुग श्रेष्ठ छन् । नेपालले अष्ट्रेलियापछि असोज २८ गते जोर्डनसँग प्रतिस्पर्धा गर्नेछ । अस्ट्रेलिया प्रस्थान गर्नुअघि टिमका कप्तान किरण चेमजोङले विश्वकप खेलिसकेको अस्ट्रेलिया बलियो टोली रहेको बताउँदै अस्ट्रेलियासँग अन्तिम अवस्थासम्म डटेर प्रतिस्पर्धा गर्ने बताएका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…