• काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको भव्य तयारी भइरहेको छ । यही तयारीका सिलसिलामा विशिष्ट पाहुनाको स्वागतमा बिजुलीका पोल-पोलमा राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी जिनपिङका तस्वीर झुण्डाइएका छन् ।

    चिनियाँ राष्ट्रपति सी जिनपिङ राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा शनिबार नेपाल आउन लागेका हुन् । उनी आइतबारसम्म काठमाडौंमा रहनेछन् ।

    चिनियाँ राष्ट्रपतिको स्वागतमा सरकारले त्रिभुवन अन्तरष्ट्रिय विमानस्थलको प्रवेशद्वारदेखि सहरका विभिन्न ठाउँमा तस्वीरहरु सजाएको छ । सडक किनारामा राष्ट्रपतिद्वय सी र विद्यादेवी भण्डारीका तस्वीर देख्‍न सकिन्छ ।

    नयाँ बानेश्वर संसद भवन अगाडिको सडकमा पनि दुबै देशका राष्ट्र प्रमुखका तस्बिर सजाइएका छन् । उच्चस्तरीय पाहुनाको स्वागतका लागि काठमाडौंलाई रातारात सजिसजाऊ बनाइएको छ ।

    यसअघि काठमाडौंका बिजुलीका पोलपोलमा प्रधानमन्त्री केपीशर्मा ओलीको तस्बिर सजाइँदै व्यापक आलोचना भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…