• काठमाडौं : यौन दुर्व्यवहारको आरोप लागेर प्रहरीको हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराको स्वास्थ्यमा समस्या देखिएको छ।

    स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि बिहीबार थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना गरिएको मानगरिय प्रहरी वृत अनामनगरले बताएको छ।

    प्रहरी हिरासतमा रहेका महराको स्वास्थ्य अवस्था बिग्रदै गएपछि प्रहरीले उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको बुझिएको छ।

    उच्च रक्तचाप, मधुमेह र अक्सिजन अभावजस्ता समस्याबाट ग्रसित महराको यसअघि नै स्वास्थ्यमा समस्या देखिएको थियो।

    उनको स्वास्थ्य अवस्था बिहीबार बिहानदेखि अझै बिग्रिएको हो। संसद सचिवालयमा कार्यरत एक कर्मचारीको यौन दुर्व्यवाहारको आरोप लगाएपछि महरा सोमबारदेखि प्रहरी हिरासतमा छन्।

    गत आइतबार सभामुख निवासबाटै प्रकाउ परेका महरालाई हाल महानगरीय प्रहरी वृत्त अनामनगरमा राखिएको छ

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…