कृष्णबहादुर महरा अस्पताल भर्ना
काठमाडौं । बलात्कार प्रयासको आरोपमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अस्पताल भर्ना गरिएको छ । सास फेर्न गाह्रो भएपछि उनलाई बिहीवार दिउँसो १२ बजे अस्पतालमा भर्ना गरिएको हो । उच्च रक्तचाप र मधुमेहबाट पीडित महरालाई हिरासतमा पनि अक्सिजन दिएर राखिएको थियो ।
बिहीबार बिहानदेखि उनलाई सास फेर्न गाह्रो भएको र अवस्था जटिल देखिएपछि नर्भिक अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । संसद सचिवालयकै कर्मचारी रोशनी शाहीले बलात्कार प्रयास गरेको आरोप लगाएर प्रहरीमा उजुरी दिएपछि १९ गते महाअष्टमीको दिन सभामुख निवास वालुवाटारबाटै प्रहरीले उनलाई पक्राउ गरेको थियो ।