• काठमाडौं, असोज २३ गते । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपालकाे दुईदिने राजकीय भ्रमणको पूर्व सन्ध्यामा काठमाडौं दुलहीझैं सिङ्गारिएको छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा २३ वर्षपछि नेपालमा चिनियाँ राष्ट्रपतिको उच्चस्तरीय राजकीय भ्रमण हुन लागेको हो ।

    असोज २५ र २६ गते नेपालभ्रमणमा आउनुहुने चिनियाँ राष्ट्रपति सीको स्वागतको लागि काठमाडौंका विभिन्न स्थानहरुलाई महत्वका साथ सरसफाई र रङ्गरोगन गरिएको छ ।

    त्यसैगरी, उहाँको स्वागतमा दुई देशबीचको छिमेकी सम्बन्ध सर्वाेच्च शिखर सगरमाथा÷चोमोलोङ्वा जस्तै उचाईमा रहेको उल्लेख गर्दै स्वागतद्वार राखिएका छन् ।

    त्यस्तै, जनवादी गणतन्त्र चीन स्थापना भएको ७० वर्ष पुगेको उपलक्ष्यमा शुभकामना दिइएको उल्लेख गर्दै स्वागतद्वार निर्माण गरिएका छन् ।

    सडकमा रहेका पिलरहरुमा राष्ट्रपति भण्डारी र उहाँकी समकक्षी सीका नेपालका विभिन्न पर्यटकीय क्षेत्रका तस्बिरहरु पनि सजाइएका छन् । नेपालका विभिन्न पर्यटकीय क्षेत्रका तस्बिरहरु पनि सजाइएका छन् । सडकलाई कालोपत्रे गरिनुका साथै रेलिङ्गहरुमा रङ्गरोगन गरिएको छ ।

    चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा ाउनलाग्नुभएका चिनियाँ राष्ट्रपति सिको स्वागतमा त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल, गौशाला, तीनकुने, नयाँ वानेश्वर, बबरमहल, माइतिघर, सिंहदरबार, थापाथली, त्रिपुरेश्वर, टेकु, कालीमाटी, सोल्टीमोड क्षेत्रलाई सुसज्जित पारिएको छ ।

    त्यसरी नै भद्रकाली, सुन्धारा, रत्नपार्क, दरबारमार्ग, केशरमहल, नागपोखरी, हात्तीसार, नक्साल भगवतीबहाललगायतका क्षेत्रमा सौन्दर्यता थपिएको छ । 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…