•  

    काठमाडौं –अस्ट्रेलियाको क्यानबेरामा भएको विश्वकप २०२२ तथा एसियन कप २०२३ छनोट अन्तरगत अस्ट्रेलियासँगको खेलमा नेपाल पराजित भएको छ ।

    क्यानबेरास्थित जिओ रंगशालामा भएको खेलमा नेपाली टोली अस्ट्रेलियासँग ५–० गोल अन्तरले पराजित भयो ।

    अस्ट्रेलियाका लागि जमीइ म्याकलेरेनले उत्कृष्ट प्रदर्शन गर्दै ह्याट्रिक गरे । उनले खेलको ६, १९ र ९० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । त्यस्तै, नेपालविरुद्धकै खेलमा राष्ट्रिय टोलीबाट डेब्यु गरेका ह्यारी साउटरले पनि उत्कृष्ट प्रदर्शन गरे ।

    उनले नेपालविरुद्ध २ गोल गरे । खेलको २४ र ५९ औं मिनेटमा गोल गरेका थिए ।

    नेपाली खेलाडीले अस्ट्रेलियालाई गोल गर्नबाट रोक्न नसकेपनि गोल भने कम गोल खाँदा नेपाली खेलाडीको प्रशंसा पनि पाएका छन् ।

    कप्तान तथा गोलकिपर किरण चेमजोङले उत्कृष्ट प्रदर्शन गरे । उनले पटक–पटक गरेर अस्ट्रेलियाका फरवार्डका सर्टलाई बचाउ गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…