•  

     

    काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन गर्न लागेको चियापानमा सहभागी हुन आग्रह गरेका छन् ।

    काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाको चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ । कांग्रेसले पार्टी केन्द्रीय कार्यालयमा असोज २६ गते अपरान्ह दिउँसो २ बजेदेखि ५ बजेसम्म आयोजना हुने चियापान कार्यक्रममा सहभागी हुन सभापति देउवाले नेता तथा कार्यकर्ता लगायत सम्पूर्णमा निमन्त्रणा गरेको हुन ।

    २०३३ सालमा राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि बीपी कोइरालाले २०३४ सालबाट शुरु गरेको चियापान कार्यक्रम दशैंको अवसर पारेर हरेक वर्ष कांग्रेसले आयोजना गर्दै आएको छ ।

    सभापति देउवाले फेसबुकमा लेखेका छन्-
    दशैं, तिहार, नेपाल संवत्, छ्ठ लगायत पर्वको अवसरमा नेपाली कांग्रेसले सामाजिक सद्भाव ,राष्ट्रिय एकता र मेलमिलापको लागि २०३३ सालबाट हरेक बर्षको कोजाग्रत पुर्णिामाको दिन गर्दै आईरहेको चियापान कार्यक्रम यस बर्ष पनि २०७६ असोज २६गते आइतबार कोजाग्रत पुर्णिामाकै दिन अपरान्ह २ः००देखि ५ः०० बजे सम्म नेपाली कांग्रेसको केन्द्रीय कार्यलय सानेपामा आयोजना गरिएकोले यहाँहरु सम्पूर्णलाई हार्दिक आमन्त्रण गर्दछौं ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…