• सिन्धुपाल्चोक — इन्द्रावती गाउँपालिका १० भोटसिपा हुँदै काठमाडौं गइरहेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस तिर्खुमोडबाट खस्दा मृत्यु हुनेको संख्या १४ पुगेको छ । घटनास्थलमै ६ र अस्पताल लैजाने क्रममा ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार उपचारर्थ लैजाने क्रममा सिपाघाटमा ३, धुलिखेल अस्पतालमा ५ जनाको मृत्यु भएको हो।

    बसमा सवार ७० यात्रुमा सख्त घाइते ४० जनाभन्दा बढीलाई हेलिकप्टरबाट उद्धार गरिएको इन्द्रावती गाउँपालिकाका प्रमुख वंशलाल तामाङले जानकारी दिए। घटनास्थलमा इन्द्रावतीका जनप्रतिनिधि, मन्त्री, प्रहरीको विशेष उद्धार समूह पुगेका छन्। ‘एउटा सशस्त्र र एभरेस्ट ऐयरबाट उद्धार कार्य भइरहेको छ, जनप्रतिनिधि, सुरक्षाकर्मीसँग समन्वय गरेर घाइतेलाई धुलिखेल लगायत अस्पतालमा उपचारर्थ लगिरहेका छौं,’उनले भने।

    प्रहरीकाअनुसार मृत्यु हुनेमा काभ्रे बनेपाका चालक केदार महाजु, पाँचखालकी संगीता पुर्कोटी, इन्द्रावती ९ की हिरा श्रेष्ठ, विनोद लम्साल, इन्द्रावती १० का रितेश आचार्य छन्।त्यसैगरी धुलिखेलमा उपचारकै क्रममा जुमादेवी श्रेष्ठ, सुवास अधिकारी, गणेश तामाङ, मिना मगर र सुमिता पुर्कुतीको मृत्यु भएको छ ।

    उद्धारमा खटिएका सुरक्षाकर्मीले २ शव बस मुनी च्यापिएकोले निकाल्ने प्रयास जारी राखेको बताए।

    बिहान ८ बजे भोटसिपा गाउँबाट हिँडेको बस करिब १० बजे ब्रेक फेल भएर तल खसेको थियो।

     

    यहाँको इन्द्रावती गाउँपालिका- १० भोटसिपा हुँदै काठमाडौं गइरहेको बा २ ख २७१५ नम्बरको यात्रु बस तिर्खुमोडमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। ४० जना भन्दा बढी घाइते भएका प्रत्यक्षदर्शीले बताएका छन्।

    घटनास्थलमै ६ जनाको र २ को अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो। मृतकको सनाखत भएको छैन।

    उद्धारकार्यमा खटिरहेका भोटसिपाकै स्थानीय नविन गिरीकाअनुसार शव र घाइतेको धमाधम उद्धार भइरहेको छ। ‘एम्बुलेन्स नपाइएपछि घाइतेलाई यात्रुबस, बोलेरो सवारीबाटै उपचारर्थ लगिँदैछ, ५ शव निकालिएको छ भने, एउटा भित्रै चेपिएको छ,’ गिरीले भने।

    बिहान ८ बजे भोटसिपा गाउँबाट हिँडेको हेलम्बु यातायातको बस १० बजेतिर सडकबाटै तल खसेर क्षतिग्रस्त भएको थियो। उद्धार कार्य चलिरहेको प्रहरीले जनाएको छ। प्रहरीले खबर पाएलगत्तै घटनास्थलमा पुगेर स्थानीयसँगै उद्धारकार्यमा जुटेको थियो।

    गाडीमा झण्डै ७० जना सवार रहेको अनुमान गरिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले भने, ‘थप विवरण आउन बाँकी छ।,’

    कच्ची सडक र क्षमताभन्दा बढी यात्रु चढाएका कारणले दुर्घटना भएको अनुमान छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…