• सिन्घुपाल्चोक, असोज २४ गते । सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका बस दुर्घटनाका घाईतेलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं लगिएको छ ।घाइतेलाई दुर्घनास्थलमा सेना, ससस्त्र प्रहरी र नेपाल प्रहरी ले उद्दार गरेका थिए ।
    सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका शिवटारबाट काठमाण्डौं जाँदै गरेको बा २ ख २७१५ नम्बरको यात्रुबाहक बस सोहि गाउँपालिका को वडा नं १० स्थित धुम्तिमा दुर्घटना हुँदा १४  जनाको मृत्यु भएको थियो ।

    मृतक मध्ये पाँच जनाको घटनास्थलमा र पाँच जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी नायब उपरिक्षक माधब काफ्ले ले जानकारी दिनुभयो । मृतको हालसम्म सनाखत भएको छैन ।
    दुर्घटनाको कारण खुलिनसकेको उद्दार कार्य जारी रहेको ले मृतकको संख्या बढ्न सक्ने काफ्ले ले बताउनुभयो । दुर्घनास्थलमा सेना, ससस्त्र प्रहरी र नेपाल प्रहरी ले उद्दार गरिरहेको बताउनुभयो । घाईते लाई नेपाली सेनाको हेलिकोप्टर बाट काठमाडौं लगिएको छ ।
    प्रत्यक्षदर्शी नविन गिरीका अनुसार बसमा ७० भन्दा बढि यात्रु सवार रहेको ले अनियन्त्रित भई दुर्घटना भएको बताउनुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…