• दीप खादी लिम्बू।
    क्वालालम्पुर,असोज-२७

    रोजगारको सिलसिलामा ३ बर्ष अघि मलेशिया आइपुगेका सन्तोष बिस्वकर्माको सोमबार हस्पिटलमै मृत्यु भएको छ।मलेशियाको बातुकेभ स्थित सिम्डो एस.डी.एन बी.एच.डी कम्पनीमा कार्यरत थिए।

    राहदानी नम्बर-०७४९३४१६ रहेका उनी केहिदिन अगाडि कोठाकै साथीहरु सङ्ग दशै मनाउने क्रममा आफ्नै कोठामा खुट्टा चिप्लिएर लड्न पुग्दा मुर्छा परेका हुन।साथिहरुले मुखमा पानी छर्किए पछी ब्युझिएका बिस्वकर्मा लाई एम्बुलेन्सले तत्काल उपचारका लागि सलायाङ्ग हस्पिटल पुर्याएर भर्ना गरिएको हो।

    उनका दाजु अर्जुन बिस्वकर्माले टेलिफोन सम्बादमा जानकारी दिए अनुसार डाक्टरहरुले धेरै प्रयास गर्दा पनि होस नखुलेको र जिवित रहन सक्ने अवस्था न्यून रहेको बताए पछी स्वदेश फर्काउन प्रक्रियाको पहल गर्दागर्दै उनको मृत्यु भएको बताए।

    डाक्टरका अनुसार गहिरो मानसिक चोटपटक लागेर कोमामा रहेको र ढुकढुकी मात्रै बाकी रहेको जानकारी दिएपछी निराश बनेको परिवारले मुख मात्रै हेर्ने आशाले तत्काल नेपाल झिकाउन पहल गर्दागर्दै प्राण त्यागेका हुन।हाल सब लाई अस्पतालकै मुर्दा घरमा राखिएको छ।भने सबलाई नेपाल पठाउन कानुनी प्रक्रिया अगाडि बढिसकेको बताए।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…