•  

    ओम आचार्य

    मोरङ । नेपाली काग्रेस मोरंगले  गरेको  दसै तिहार नेपाल सम्बत शुभकामना आदन प्रदान कार्यक्रम अत्यन्त उत्साहप्रद देखियो । मोरंग काग्रेसको उक्त शुभकामना कार्यक्रममा नेकपा बाट पनि उल्लेख्य रुपमा उपस्थित रहेको थियो ।  सो कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा ने का केन्द्रीय सदस्य गुरुराज घिमिरे , हर्सद अन्सारी , राष्टियसभा सदस्य रमेश जंग रायमाझी ,पुर्व सभापती असोक कोइराला , रमा प्रसाद रिजाल , १ नम्बर प्रदेसका नेकपा का आन्तरिक मामिला तथा कानुन मन्त्रि हिक्मत सिंह कार्की त्यस्तै १ नम्बर प्रदेसका नेकपा का सामाजिक विकास मन्त्री जिवन घिमिरे नेकपा केन्द्रीय सदस्य विनोद ढकाल , ने क पा केन्द्रिय सदस्य महेश रेग्मी नेकपा जिल्ला सभापति ऋषीकेश पोख्रेल ,नेपाली काग्रेसबाट प्रदेस १ का सचेतक केदार कार्की , विराटनगर महानगर पालिका का मेयर भिम पराजुली एव उधोगपती एवं व्यापारी लगायतहरुको उपस्थिती रहेको सो कार्यक्रममा भारी उपस्थिती रहेको थियो ।

    उक्त कार्यक्रममा अहिले संविधानलाइ क्रियाशील र लागु गर्ने क्रममा नेपाली काग्रेस र नेकपा संगै जानु पर्ने आवस्यक्ता देख्नु हुने प्रदेस १ का आन्तरिक मामिलामन्त्रि हिक्मत सिंह कार्की ले संविधान फ़ेल भए दुवै पाटी फ़ेल हुने अवस्था रहेको जिकिर गरे ।  उनले भने, अझ म त के भन्छु भने नेकपा र नेपाली काग्रेसले मिलेर सरकार चलाउनु पर्छ ।

    नेकपा कै अर्का जिल्ला सभापति ऋषीकेश पोखरेलले परिवर्तनको आन्दोलन सकिएर संविधान निर्माण भइसकेपछी यस्को व्यवस्थापनमा ध्यान दिनु पर्ने कुरामा जोड़ दिए ।

    अहिले" सि विचारधारा " को प्रसंग उठिरहेको सन्दर्भमा नेपालकै वि पी विचार , पुष्पलाल मदन भण्डारी , मनमोहन अधिकारी कै विचार लाइ आफ्ना आफ्ना पाटीले स्थापित गरेर अगाडी वडनु पर्ने कुरा सान्दर्भिक रहेको तर्फ औल्याउने तर्फ मोरंग सभापती डिग वहादुर लिम्वु एवं राष्ट्रीय सभासदस्य रमेश जंग रायमाझी रहेका थिए ।

    कार्यक्रमका प्रमुख अतिथि रहेका अमृत अर्यालले मोरंगको कटहरीमा वि पी शालिक राख्ने कार्यमा स्थानिय तह लगायत विशेशगरी उक्त कार्यक्रममा उपस्थित रहेका संघिय समाजवादी पाटीका जिल्ला सभापती राजकुमार यादवको नामै उल्लेख गरेर सहयोग गर्न अनुरोध गरे ।

    मोरंग सभापती डिग बहादुर लिम्बुको सभापतीत्वमा सम्पन्न सो कार्यक्रममा देखिएको उपस्थिलाइ सबैले उच्च प्रसंसा गरेका थिए।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…