• झापा । नेपाल भ्रमण वर्ष २०२० तथा "फेरि पनि घुम्न जाउँ, हल्दीबारी गाउँ" अभियान कार्यान्वयन गर्न प्रत्येक वर्षको "काग तिहारदेखी छठको भोलिपल्ट" सम्म भेलागढी सामुदायिक वनको हाताभित्रको लोकतान्त्रिक सहिद स्मृति पार्कमा "हल्दीबारी महोत्सव" आयोजना गर्ने निर्णय यश बर्ष देखि आज हल्दीबारी गाउँ कार्यपालिकाको बैठक सोही स्थानमा बसेर सम्पन्न भएको छ ।हल्दीबारी गाउँ कार्यपालिकाको बैठक ले आज मिति २०७६ साल असोज २७ गते हल्दीबारी गाउँपालिकाको पर्यटकीय स्थल हल्दीबारी-२ स्थित भेलागढी पार्क को काठे पुल कमा नै बैठक बसेर सो निर्णय गरेको हो।



    प्रथम हल्दीबारी महोत्सवको आयोजनाका लागि भेलागढी सामुदायिक वन उपभोक्ता समुहलाई जिम्मेवारी सुम्पदै आजको बैठक सम्पन्न भएको हो हल्दिबारी गाउँपालिकाको गौरवको आयोजनाको रुपमा अघि बढदै गरेको भेलागढी सामुदायिक बनको हाता भित्र निर्माण हुदै गरेको लोकतान्त्रिक सहिद स्मृति पार्कको समेत गर्ने उदेश्यले महोत्सव आयोजना गर्ने तयारी गरिएको र ‘फेरि पनि घुम्न जाउँ, हल्दीबारी गाउँ’ अभियान कार्यान्वयन गर्न प्रत्येक वर्षको काग तिहारदेखी छठको भोलिपल्टसम्म ‘हल्दीबारी महोत्सव’ आयोजना गर्ने निर्णय गरेको अध्यक्ष रबिन्द्र प्रसाद लिङ्देन ले जानकारी दिनु भएको छ ।

    प्रथम हल्दीबारी महोत्सवको आयोजनाका लागि भेलागढी सामुदायिक वन उपभोक्ता समुहलाई जिम्मेवारी सुम्पदै बैठक सम्पन्न गरिएको र महोत्सवलाई सभ्य र भव्य तरिकाले सफल तुल्याउन सबै पक्षको सहयोगको अपेक्षा गरिएको उपाध्यक्ष डम्बर गिरीले जानकारी दिएका छन्

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…