• सिन्ह्वा । चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको भेटमा उनको खुलेर प्रशंसा गरेका छन् ।

    छलफलमा दुई नेताले अन्तर पार्टी सम्वाद बलियो बनाउने सहमतीसमेत जनाएको चिनियाँ सरकारी प्रेस एजेन्सीले समाचार लेखेको छ ।

    सिन्ह्वाका अनुसार भेटमा सीले प्रचण्डको उच्च प्रशंसा गर्दै भने, ‘तपाईं नेपालका वरिष्ठ राजनेता हुनुहुन्छ । चिनियाँ जनताको असल र पुरानो मित्र हुनुहुन्छ ।’

    ‘अघिल्लो वर्ष तपाईंलगायत प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा स्थापना गर्ने राजनीतिक निर्णय गर्नुभयो । त्यो निर्णयले नेपालको राजनीतिक स्थायित्व र आर्थिक विकासको लागि नयाँ ढोका खोलेको छ,’ सीले दाहालसँग भनेको कुरा उद्धृत गर्दै समाचारमा उल्लेख गरिएको छ ।

    ‘चीन र नेपाललाई हिमाल र नदीले जोडेको छ । हामी चिनियाँ भाषामा भन्ने गरेजस्तै ओठ र दाँत जत्तिकै नजिक छौँ,’ चिनियाँ राष्ट्रपतिले भने ।

    नेपालले चीनका प्रमुख चासोका मुद्दाप्रति लामो समयदेखि देखाएको बलियो समर्थनलाई चिनियाँ पक्षले सराहना गरेको पनि सीले बताए । त्यस्तै चीन नेपालसँगको सम्बन्धलाई थप उचाईमा पु¥याउनको लागि समग्र द्विपक्षीय सहकार्य जारी राख्न र नेपालको विकासमा सहायता र समर्थन प्रदान गर्न इच्छुक रहेको पनि सीले बताएका थिए ।

    सीले दाहालसँग पार्टीभित्र अनुशासन, पार्टीको सबलीकरण र सत्तामाथि पार्टीको पकड बलियो बनाउन चिनियाँ कम्युनिस्ट पार्टीको अनुभव पनि बताए ।

    सिन्ह्वाको समाचारमा नेपाल कम्युनिस्ट पार्टी(नेकपा) र चिनिया कम्युनिस्ट पार्टी दुवै माक्र्सवादबाट निर्देशित भएकाले चिनियाँ कम्युनिस्ट पार्टी नेकपासँग अन्तरपार्टी आदानप्रदान बलियो बनाउन इच्छुक रहेको कुरा पनि सीले राखेको उल्लेख छ ।

    त्यस उदेश्यका नियमित सम्वाद संयन्त्र निर्माण गरेर पार्टी र शासनबारे एक अर्काको अनुभवबाट सिक्ने र आपसी सम्मान, आपसी सिकाइ र भिन्नता समाधानको लागि साझा थलो निर्माण गर्ने र त्यसमार्फत नयाँ प्रकारको अन्तरपार्टी सम्बन्ध विकास गरिन लागिएको समाचारमा लेखिएको छ ।

    जवाफमा अध्यक्ष प्रचण्डले सीको नेपाल आगमन भएकोमा आत्मीय रुपमा स्वागत गर्दै जनवादी गणतन्त्र चीनको ७०औं स्थापनाको लागि बधाई दिएका थिए ।

    प्रचण्डले चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा चिनियाँ जनताले गरेको अभूतपूर्व विकासलाई प्रशंसा गरेको जिकिर गरे । उनले अगाडि भने, ‘चिनियाँ कम्युनिस्ट पार्टी चिनियाँ जनता सामु आइपर्ने अफ्ठ्यारा र अवरोधहरुबाट पार लगाउन सक्षम छ भन्ने विश्वास प्रकट गर्छौं । त्यस्तै हामीले चिनियाँ कम्युनिस्ट पार्टीले शतवार्षिकीसम्म पुरा गर्ने दुई लक्ष्यहरु पुरा हुने र राष्ट्रिय पुनरोदयको चिनियाँ सपना सकार हुने विश्वास लिएका छौँ ।’

    उनले नेपाली पक्षले चिनियाँ कम्युनिस्ट पार्टीसँग दीर्घकालिन सहकार्य स्थापना गर्ने अपेक्षा गरेको र त्यसमार्फत चिनियाँ कम्युनिस्ट पार्टीको राज्य सञ्चालनको सफल अनुभवबाट पाठ सिक्न चाहेको बताएका थिए ।

    प्रचण्डले सीको भ्रमणले नेपाल–चीन सम्बन्धलाई नयाँ उचाईमा पु-याउने र यसले नेपालको राष्ट्रिय विकास र समृद्धी हासिल गर्न सहयोग पु-याउने विश्वास व्यक्त गरेका थिए ।

    दुई देशको लामो आपसी विश्वास र सहयोगलाई औल्याउँदै उनले चिनियाँ पक्षको समग्र मानवतालाई लागि साझा भविष्य निर्माण गर्ने प्रतिबद्धताको पनि प्रशंसा गरे । त्यस्तै प्रचण्डले नेपाल बीआरआईमा सक्रिय रुपमा सहभागी हुन र सहकार्य वृद्धि गराउन तयार रहेको बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…