• दिदीलाई खुकुरीले छप्काएर भाइले रेटे आफ्नै घाँटी

    दिदीलाई खुकुरीले छप्काएर भाइले रेटे आफ्नै घाँटी

    सुनसरी, २८ असोज । सुनसरीको इटहरीमा दिदीमाथि आफ्नै भाइले खुकुरी प्रहार गरी गम्भिर घाइते बनाएका छन् ।
    सुनसरीको इटहरी– १९ २६ वर्षीय उदिप राईले ३१ वर्षीया दिदी मिनु राईमाथि मंगलबार दिउँसो २ बजेतिर खुकुरी प्रहार गरेका हुन् । दिदीमाथि खुकुरी प्रहार गरेपछि उनले आफ्नै घाँटी समेत रेटेका छन् । अहिले प्रहरी घटनास्थल पुगिसकेको छ ।

    घाइते दुबैलाई उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको इटहरी इलाका प्रहरी कार्यालयका डिएसपी धर्मराज भण्डारीले जानकारी दिएका छन् । खुकुरी प्रहार गरिएकी दिदी र आफ्नो समेत घाँटी रेट्ने उदिप दुबैको अवस्था चिन्ताजनक रहेको जनाइएको छ ।

    उदिप मानसिक रोगी रहेको स्थानीयले जानकारी दिएका छन् । घर आँगनमा हाँस्दै बसिरहेका उदिपले एक्कासी दिदीमाथि खुकुरी हानेका थिए । दिदीलाई खुकुरी हानेपछि घरको बरण्डामा चढेका उनले त्यसपछि आफ्नो समेत घाँटी रेटेको परिवारजनले जनाएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…