• काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को चिनियाँ राष्टिपति सी चिनपिङको नेपाल भ्रमण विकासको कोशेढुङ्गा सावित हुने निष्कर्ष निकालेको छ ।

    नेकपाको विदेश मामिला विभागले मंगलबार गरेको समिक्षा कार्यक्रममा सीको नेपाल भ्रमण फलदायी भएको निष्कर्ष निकालेको हो ।

    सीको नेपालको अन्तराष्ट्रिय प्रतिष्ठा अभिवृद्धि गरेको विभागका उपप्रमुख विष्णु रिजालले जानकारी गराए । उनले सीको भ्रमणले दीर्घकालीन महत्व राखेको अपेक्षा गरेको समेत बताए ।

    विभागका प्रमुख पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विश्वका शक्तिशालीमध्येको एक मुलुकका राष्ट्र प्रमुखको भ्रमण गराउन सक्ने क्षमता नेपालमा रहेको भरपूररुपमा देखाएको ठहर गर्दै विभागले यस भ्रमणले देशमा लगानीको वातावरण, छिमेकी र अन्तर्रा्ष्ट्रिय चासो बढाउनाका साथै नेपाल पर्यटन वर्ष २०२० लाई पनि योगदान दिएको बैठकमा बताए ।

    भ्रमणका क्रममा भएका दुईपक्षीय र महत्वपूर्ण सम्झौताहरुको कार्यान्वयनका लागि सरकारको सम्बन्धित निकायले तदारुकता देखाउनुपर्नेमा जोड दिए । समीक्षामा उपप्रमुखद्वय राम कार्की र रिजालका साथै डा युवराज सङ्ग्रौला, मिलन तुलाधर, डा रुपक सापकोटा र मात्रिका पौड्याललगायत सहभागी जनाएका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…