• धरान÷आगामी मंसिर १४ गते हुने धरान उपमहनगरपालिकाको प्रमुखको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट सर्वसम्मत रुपमा तिलक राईलाई प्रत्यासी बनाउने निर्णय भएको छ ।
    नेपाली काँग्रेस धरान उपमहानगर समितिका सभापति समेत रहेका, युवा नेता तथा प्रखर वक्ता राईलाई सर्वसम्मत उमेद्वार बनाउने नगर समितिको बैठकले निर्णय गरेपछि नेपाली काँग्रेस क्षेत्रीय समितिले समेत त्यसलाई अनुमोदन गर्र्दै जिल्ला कार्य समितिमा सिफारिस गरेको छ । जिल्ला कार्य समितिले समेत नगरले सिफारिस गरी क्षेत्रले अनुमोदन गरेको एकमात्र नाम नै केन्दमा पठाउने जनाएको छ ।
    नेपाली काँग्रेसको विधान अनुरुप उमेदवारका लागि तीन जनाको नाम सिफारिस गर्नुपर्ने प्रावधान रहेको छ । आकांक्षीहरु धेरै भएको अवस्थामा यस्तो प्रावधान भए पनि सर्वसम्मतले एकजनाको नाम मात्र सिफारिस भएको अवस्थामा त्यसैलाई केन्द्रमा पठाइने नेपाली काँगेस जिल्ला कार्य समिति सुनसरीका सचिव केदार भण्डारीले बताउनुभयो । निस्कलंक अर्थात पार्टीभित्र स्वच्छ छवी भएका राईको उमेद्वारी घोषणाले विस्तारै चुनावी माहोल तातिन थालेको छ । विं.सं. २०१५ साल पश्चात एकलौटी वर्चश्व कायम राख्दै आएको वामपन्थी गढ भनेर चिनिएको धरान उपमहानगर पालिकामा यस पटक मतदाताहरु परिवर्तनको पक्षमा देखिएका छन् । भ्रष्टाचार, कमिशन, अनावश्यक करको भार, कुनै पनि विकासका योजनाहरु पूरा गर्न नसकेको नेकपालाई यसपटक नेतृत्वमा पु¥याउनु नहुने नगरबासीहरुको समान धारणा रहेको छ । विगतका निर्वाचनहरुमा एमालेलाई मतदान गर्दैै आएका सवारी चालक
    राजेश श्रेष्ठ भन्छन् अब कम्युनिस्टलाई भोट हालिदैन । नेकपाले धरान उपमहानगर पालिकालाई भ्रष्टाचारको अखडा बनाएको, आÏना निकटका मान्छेहरुको भर्ति केन्द्र बनाएको, दर्जनँौ प्रकारका कर थोपरेर नगरबासीलाई दुःख दिएकोले यसपटक विकल्प खोजिन्छ उनले भने । श्रेष्ठकै जस्तो गुनासो अधिकांश धरानेहरुको रहेको छ ।
    नेपाली काँग्रेसले मंसिर १४ गते हुने निर्वाचनका लागि तिलक राईलाई अगाडि सारे पनि अन्य दलले अहिलेसम्म औपचारिक रुपमा उमेद्वार घोषणा गर्नसकेका छैनन् । नेकपाले प्रकाश राईलाई अगाडि सार्ने सम्भावना भएपनि त्यसभित्रका आकांक्षीहरु आधा दर्जन भएकोले उसलाई सकस परेको बताइएको छ । एमाले र माओवादी समायोजन भएपछि हाल दुवै तर्फबाट आकांक्षीहरु देखिएकोले उसलाई प्रमुखका प्रत्यासीको घोषणा गर्न सकस परेको नेकपा नगर समितिका एक सदस्यले बताए । उता अन्य दलहरु राप्रपा, लिम्बुवान लगायतले उमेद्वारी दिने या मुख्य दलका उमेद्वारलाई ससर्त समर्थन गर्ने भन्नेमा छलफल हुदै गरेको बताइएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…