• काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटका उम्मेदवार (प्रगतिशील समूह)का अध्यक्षका उम्मेदवार कुमार पन्त निकट मानिएका गैरआवास नेपाल संघ (एनआरएनए)का संस्थापक अध्यक्ष डा.उपेन्द्र महतोले सम्मेलन बहिस्कार गरेका छन् ।

    नेकपाले पन्तलाई अध्यक्षमा जिताउन राजनीतिक हस्तक्षेप गरेपछि रिसाएका डा.महतोले ९औँ सम्मेलन बहिस्कार गरेको घोषणा गरेका हुन् । डा.महतले प्रगतिशील समूहका पन्तलाई समर्थन गरेका थिए ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार काठमाडौंमा उद्घाटन गरिएको एनआरएनएको ९औँ सम्मेलनलाई डा.महतले बहिस्कार गरेपछि प्रगतिशील समूह तनाबमा परेको छ ।

    बाहिर हल्ला जे गरिए पनि चुनावी माहोल नेपाली कांग्रेस निकटबाट एनआरएनएका अध्यक्षका उम्मेदवार कुल आचार्यको पक्षमा बढ्दै गएपछि तनावमा परेका डा.उपेन्द्र महताले एनआएरएनए छाडेको घोषणा गरेको चर्चा छ ।

    कान्तिपुर पब्लिकेशनको कान्तिपुर टेलिभिजन, मडिसिटी अस्पतालसहितका क्षेत्रमा लगानी गरेका डा.महतले आफूले चाहेको व्यक्तिलाई एनआरएनएमा ल्याउन नसक्ने तथा नेपाली कांग्रेस निकटका आचार्यले जित्ने भएपछि सम्मेलन बहिस्कारको घोषणा गरेका हुन् ।

    सरकारका मन्त्रीहरूले प्रगतिशील समूहबाट अध्यक्षमा उम्मेदवार बनेका कुमार पन्तलाई जिताउन दवाव दिएपछि तनावमा परेका डा.महतोले बाहिर बस्ने निर्णय गरेको विश्लेषण प्रतिनिधिहरूले गरेका छन् ।

    सत्तारुढ नेकपा निकट मानिने डा.महतोले आफू कुनै पनि दल निकट नरहेको दाबी गरेका छन् । तर, डा.महतो सत्तारुढ दल नेकपा निकट र प्रधानमन्त्री खड्गप्रसाद ओली निकट रहेर काम गर्दै आएको आरोप छ ।

    एनआरएनएको ९औँ सम्मेलन काठमाडौंको होटल हायातमा शुरु भएको छ । सम्मेलनमा ८१ देशका २५ सय प्रतिनिधि सहभागी छन् । दुई दिने सम्मेलनले आगामी दुई वर्षका लागि संघको नयाँ नेतृत्व चयन गर्नेछ ।

    नेकपा निकटका डा.उपेन्द्र महतोले एनआरएनएको सम्मेलन बहिस्कार गर्दैमा सम्मेलनलाई कुनै असर नपर्ने प्रतिनिधिहरूले बताएका छन् ।

    नेपालका अर्बौँ रकम स्वीजरल्याण्डको बैंकमा अबैध रुपमा लगेर राखेको आरोप खेपेका डा.महतोले आफ्नो अबैध सम्पत्ति लकाउनका लागि एनआरएनएको सम्मेलन बहिस्कारको नाटक गरेको चर्चा छ ।

    डा.महतो दुईतिहाइको बलियो कम्युनिस्ट सरकारका भौतिक योजना मन्त्री रघुवीर महासेठका बहिनी ज्वाइँ हुन् । रघुवीर महासेठले डा.उपेन्द्र महतोकी बहिनी जुली महतोलाई विवाह गरेका छन् । जुली महतो र रघुवीर महासेठ तत्कालीन एमाले (हाल नेकपा)का सांसद र नेता हुन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…