• काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) को मंगलबारदेखि काठमाडौंमा विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय अधिवेशन सुरु भएसँगै अध्यक्षका दुई प्रत्यासी तीव्र प्रचारमा जुटेका छन् ।

    संघको आगामी कार्यकाल २०१९–२०२१ का लागि वर्तमान उपाध्यक्ष कुल आचार्य र कुमार पन्त प्रतिस्पर्धामा उत्रिएका छन् ।

    संघको आगामी नेतृत्व छान्न विश्वका झण्डै ८१ देशहरुबाट प्रतिनिधिहरु काठमाडौं आइपुगेका छन् । जसमध्ये अधिकांश प्रतिनिधिहरु अध्यक्षका प्रत्यासी कुल आचार्यको पक्षमा देखिएका छन्।

    नयाँ नेतृत्व चुन्न आइपुगेका २५ सय भन्दा बढी प्रतिनिधिहरुमध्ये अधिकांश आचार्यको पक्षमा देखिएका हुन् । आचार्यको पक्षमा व्यानर, प्लेकार्ड सहित उनको चुनावी गीत बजाउँदै समर्थकहरुले हायात होटल परिक्रमा गरेका थिए । समर्थकले कुल आचार्यको चुनावी गीतमा नाचगान गरेका थिए ।

    त्यसैगरी, अध्यक्ष पदका अर्का उम्मेदवार पन्तलाई पनि सोही शैलीमा उनका समर्थकले बोकेर हायात परिसरमा घुमाएका थिए ।

    लाग्यो संगीन आरोप
    गैरअवासाीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदका उम्मेदवार कुमार पन्तलाई जर्मनीको प्रहरीले निगरानी गरिरहेको खुलासा भएको छ ।

    सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको समर्थनमा एनआरएनएमा अध्यक्षमा उम्मेदवार बनेका पन्तलाई जर्मन प्रहरीले करछली र मानव तस्करीको आरोपमा निगरानी राखेको उच्च स्रोतले जनाएको छ । कर छली र मानव तस्करीको अभियोगमा पन्त कुनै पनि बेला पक्राउ पर्न सक्ने जर्मन प्रहरी स्रोतले जानकारी दिएको केही मिडियाले उल्लेख गरेका छन् ।

    गैरआवासीय नेपाली संघका आइसीसी सदस्य छत्र श्रेष्ठलाई जर्मन प्रहरीले पक्राउ गरी अनुसन्धान शुरू गरेको छ। श्रेष्ठको बयानपछि कुमार पन्तमाथि जर्मन प्रहरीले निगरानी बढाएको जर्मनीका पूर्वएमाले निकट व्यवसायी रमेश भट्टराईले बताए ।

    आचार्यको पक्षमा जनलहर
    हुन पनि मुलुकमा अधिकांश क्षेत्रमा माफियातन्त्र हावी भएका बेला त्यसको असर गैरआवासीय नेपाली संघमा नपरोस् भनेर सतर्कता अपनाइएको छ। त्यसैले हायात होटल आसपास भेटिएका अधिकांश प्रतिनिधिहरुले अध्यक्षमा कुल आचार्यलाई भोट लिने बताए ।

    लोकतान्त्रिक समावेशी समूह बनाएका आचार्यका पकड अमेरिका, जापान, अष्ट्रेलिया, बेलायत, मध्यपूर्व र युरोपका अधिकांश देशहरुमा रहेको छ।

    ‘संघमा रहँदै आएको सिन्डिकेट तोड्न पनि यसपाली आचार्यलाई चयन गर्नुपर्ने बाध्यता छ,’ जर्मनीबाट विश्व सम्मेलनमा भाग लिन आएका एक प्रतिनिधिले भने, ‘एनआरएनए व्यापारीको मात्रै नभई सामान्य मान्छे पनि नेतृत्व लिन सक्छ भन्ने सन्देश दिन पनि नेतृत्व चयनमा फरक ढंगले सोच्नु आवश्यक छ ।’

    मंगलबारदेखि बिहीबारसम्म चल्ने सम्मेलनमा अध्यक्षमा आचार्य र पन्तसँगै महासचिवमा जानकी गुरुङ र हेमराज शर्माको प्रतिस्पर्धा छ ।

    आचार्यलाई पूर्वअध्यक्षहरु शेष घले, देवमान हिराचन र वर्तमान अध्यक्ष भवन भट्टको समर्थन रहेको छ। पन्तको पक्षमा जीवा लामिछाने प्रचारमै हिँडेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…