• काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएको चुनावमा भाग लिने मतदाता नामावलीमा धाँधली भएको दाबीका साथ मतदाता नामावलीमा छानबिन गर्न निर्वाचन समितिमा उजुरी परेको छ।

    निर्वाचनका लागि संघको सचिवालयले नै मतदाता नामावलीमा धाँधली गरेको उल्लेख गर्दै गैरआवासीय नेपाली संघ बेलायतका पूर्वअध्यक्ष योगेन्द्रबहादुर क्षेत्रीले उजुरी दर्ता गराएका हुन्।

    उजुरीमा छानबिन पूरा नहुञ्जेलसम्मका लागि निर्वाचनका सम्पूर्ण प्रक्रिया स्थगन गर्न माग गरिएको छ। बुधबार संघको निर्वाचन प्रक्रिया सुरु भए पनि मतदाता नामावलीको विषयमा उजुरी परेपछि निर्वाचन हुने नहुनेमै अन्यौल देखिएको छ।

    मतदाता नामावलीमा धाँधली भएको दाबीका साथ छानबिनका लागि परराष्ट्र मन्त्रालयमा यसअघि नै उजुरी परिसकेको छ। यसबाट उम्मेदवारी दर्ता अनिश्चित बनेको छ।

    ‘संघको राष्ट्रिय महाधिवेशन सञ्चालन नियमावली २०१९ को नियम ३.१, संघद्वारा ३० अगस्ट २०१९ मा जारी सूचनाको बुँदा नम्बर १ तथा संघको ४ अक्टोबर २०१९ मा बसेको निर्णय बमोजिम जारी सूचना नम्बर ५ को बुँदा नम्बर ७ बमोजिम विभिन्न मुलुकबाट प्राप्त प्रतिनिधि तथा मतदाता नामावली, उल्लेखित कानूनी व्यवस्था बमोजिम प्रकाशित नगर्ने, हामीलाई उपलब्ध नगराउने, गोप्य रुपमा प्रतिनिधिको नाम फेरबदल गर्ने, अनाधिकृत व्यक्तिहरुको नाम सिफारिस गर्ने लगायत संघको विधानको बर्खिलाप कार्यहरु त्यस सचिवालयबाट निरन्तर रुपमा भैरहेका छन्,’ उजुरीमा भनिएको छ।

    गैरआवासीय नेपालीसम्बन्धी नियमावली २०६६ को नियम १६ बमोजिम संघको गैरकानूनी कार्यको अनुगमन गरि त्यस्तो गैरकानूनी कार्य अबिलम्ब रोक्न आवश्यक निर्देशनका लागि नेपाल सरकार परराष्ट्र मन्त्रालयमा मिति २०७६ असोज २७ गते दर्ता नम्वर १५९४ मा निवेदन दर्ता गरिसकेको निवेदनमा उल्लेख गरिएको छ।

    परराष्ट्र मन्त्रायलबाट विश्व सम्मेलनमा संघको सचिवालयले गरेको कार्यको अनुगमन गरी आवश्यक निर्देशन नआउन्जेलसम्म निर्वाचनको सम्पूर्ण प्रक्रिया स्थगित गर्न उनले माग गरेका छन्।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…