• काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले काम भएन भनेर सरकारको आलोचना गर्नेहरुलाई आँखा खोलेर हेर्न आग्रह गरेका छन् । दशै, तिहार, नेपाल संवत तथा छट पर्वका अवसरमा नेपाल कम्युनिष्ट पार्टीले बुधबार काठमाडौंको भृकुटीमण्डपमा गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले नयाँ गतिका साथ देशलाई अघि बढाएको बताए ।

    उनले सरकारले केही पनि गरेन भनेर हल्ला गर्नेहरुलाई सरकारको कामले केही फरक पर्यो कि परेन भनेर बुढाबुढीलाई सोध्न आग्रह गरे । उनले सरकारले १ सय रुपैयाँ दिएर बैंक खाता खोल्ने अभियान थालेपछि प्रत्येक नेपालीको बैंक खाता भएको बताए ।

    नेपालको पानी, जनताको लगानी कार्यक्रम गरिरहेको, तुइन बिस्थापन गरी झोलुंगे पुल निर्माण भइरहेको, पोखरा र भैरहवामा ठूला विमानस्थल तयार हुँदै गएको ७२ अरब बैदेशिक लगानी ७६ अरब पुगेको समेत प्रधानमन्त्री ओलीले उल्लेख गरे ।

    उनले संविधानमा भएको मौलिक हकलाई व्यवहारिक रुपमा प्रयोग गरिरहेको, साना ठूला देशहरुसँग समान रुपमा सम्बन्ध स्थापना गरिरहेको बताउँदै केही भएन भनेर हल्ला गर्नेहरुको पछाडि लाग्न नहुने बताए ।

    उनले दशैं तिहार लगायतका नेपालका चाडपर्वहरु, सांस्कृतिक उत्सवहरु आपसी सम्बन्ध बलियो बनाउनका लागि महत्वपूर्ण भएको उल्लेख गर्दै सबै भूगोलमा बस्ने विभिन्न जातजातीलाई एकताबद्ध गरिरहेको बताए । नेपाली चाडपर्वहरुको सामाजिक महत्व रहेको बताउँदै प्रधानमन्त्री ओलीले टाढा टाढाबाट आफन्त घर फर्किएर आउने, कटुताहरु अन्त्य भई सम्बन्ध बलियो हुने उल्लेख गरे ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…