• पक्राउ परेका आफ्ना सांसदको रिहाइको माग गर्दै राजपा प्रदेश सांसदसहित नेता तथा कार्यकर्ताहरुले बुद्ध एयरको जनकपुरस्थित कार्यालय अगाडि प्रदर्शन गरेका छन् । बुधबार बिहान ९ बजे बुद्ध एयरको कार्यालयमा तालाबन्दी गर्न पुगेका उनीहरुलाई प्रहरीले रोकेपछि आक्रोशित कार्यकर्ताले टायर बालेर विरोध प्रदर्शन गरेका हुन् । यसअघि उनीहरुले बुधबार बिहान ८ देखि ९ बजे सम्म एक घण्टा रामानन्द चोकमा यातायात अवरुद्ध गरेका थिए ।

    राष्ट्रिय जनता पार्टी नेपालका प्रदेश २ का प्रमुख सचेतक परमेश्वर साहको नेतृत्वमा प्रदेश सांसद सुरिता साह, पुर्व सभासद दिनेश साह, जनकपुरधाम उपमहानगरपालिका उपमेयर रिता साह सहितका व्यक्तिहरु बुद्ध एयरको कार्यालयका तालबन्दी गर्न पुगेका थिए । तर, प्रहरीले ताला लगाउन नदिने अडान लिएपछि उनीहरु बुद्ध एयरकै कार्यालयमा करिव २० मिनेट धर्नामा बसेका थिए ।

    बुद्ध एयरका एक कर्मचारीले नै तालाबन्द गर्न जाने लागेको भनेपछि प्रहरीले उनीहरुलाई कार्यालयबाट बाहिर निकालेका थिए । पछि आन्दोलनकारीहरुले बुद्ध एयरकै तालामा आफ्नो ताला लगाइ त्यहाँबाट बहिरिएका थिए ।

    पाँच दिनको म्याद थप
    जनकपुर विमानस्थलमा रहेको बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको आरोपमा प्रहरीले हिरासतमा रहेका सांसद साहलाई जिल्ला अदालत धनुषाले पाँच दिनको म्याद थप गरेको छ । जनकपुर विमानस्थलको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाले सांसद साहमाथि गैर सैनिक उड्डयन ऐन २०१५ सम्बन्धि मुद्दा लगाएको छ ।

    बुधबार बिहान १० बजे सांसद साहलाई पाँच दिन हिरासतमा राखि घटनाको अनुसन्धान गर्न जिल्ला अदालत धनुषाका बेन्च नम्बर ८ का न्यायाधीश विनोद खतिवडाले म्याद थप गरेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए ।

    अहिले अनुसन्धानका लागि थप पाँच दिनको समय मागिएको छ, उपरीक्षक खनालले भने, ‘आवश्यकता अनुसार थप पनि गर्न सकिन्छ ।’ सांसद साहलाई पक्राउ गरिएको पत्र प्रतिनिधी सभाको सचिवालयमा मंगलबार नै पठाइ सकेको उनले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमै हिरासतमा राखिएका साहको सांसद पद निलम्वन हुन सक्ने भएको छ ।

    आन्दोलनलाई गतिलो बनाउने राजपाको चेतावनी
    प्रदेश सांसद तथा राजपाका धनुषा संयोजक परमेश्वर साहले सांसद साहलाई तत्काल रिहा नगरे मधेश तताउने चेतावनी दिएका छन् । सामान्य घटनामा साहमाथि ठुलो मुद्दा लगाएको उल्लेख गर्दै उनले भने,‘जनताको पक्षमा बोल्नेलाई राज्यले झुठो मुद्दा लगाइ तह लगाउने काम गर्छन, तर जनतालाई ठगी गर्नेहरुलाई कुनै कारबाही हुदैन ।’ बुधबार सर्वदलीय बैठक गरेर आन्दोलनका कार्यक्रमलाई शसक्त बनाउने चेतावनी दिए ।

    #राजपा # बुद्ध एयर # विरोध प्रदर्शन

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…