• काठमाडौं, असोज २९ –
    गैरआवासीय नेपाली संघको नयाँ नेतृत्व चयन गर्नका लागि केहीबेरपछि मतदान सुरु हुँदैछ ।
    मतदाता नामावली प्रकाशन, उम्मेदवारी दर्ता, दावी विरोध लगायतका सम्पूर्ण कार्य सकिएपछि मतदान सुरु हुने भएको हो ।
    अध्यक्षका प्रत्यासी एवम् संघका वर्तमान उपाध्यक्षद्वय कुल आचार्य र कुमार पन्तले अलग–अलग टिम बनाएर उम्मेदवारी दिएका छन् ।
    यसैबीच, अन्तिम समयमा आएर अध्यक्षका प्रत्यासी आचार्य आफ्नो टिम शक्तिशाली बनाउन सफल भएका छन् ।
    पन्तको तर्फबाट कोषाध्यक्षका उम्मेदवार हुने चर्चामा रहेका महेशकुमार श्रेष्ठ र सचिवका उम्मेदवार गौरी जोशी अन्ततः आचार्यकै प्यानलमा फर्किएका हुन् ।
    मतदानको समय सुरु हुनु केहीबेर अघि मात्रै पन्तसँग असन्तुष्टि व्यक्त गर्दै श्रेष्ठ र जोशी आचार्यको प्यानलमा फर्किएका हुन् ।
    जसअनुसार आचार्यको समूहबाट श्रेष्ठ कोषाध्यक्षमा निर्विरोध चयन हुने सम्भावना बढेको छ । जोशीले सचिवमा प्रतिस्पर्धा गर्नेछन् । श्रेष्ठ जापान र जोशी अमेरिकाको गैरआवासीय नेपाली समुदायमा निकै प्रभावशाली मानिन्छन् । श्रेष्ठ आचार्यको प्यानलमा फर्किएपछि यसअघि आचार्यको समूहबाट कोषाध्यक्षमा उम्मेदवारी दिएका सोम सापकोटाले आफ्नो उम्मेद्धारी फिर्ता लिएका छन् ।
    गैरआवासीय नेपाली समुदायमा निकै प्रभावशाली मानिने दुई उम्मेदवार आचार्यको प्यानलमा आएसँगै उनीहरुको टिम थप बलियो बनेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…