• काठमाडौं
    गैरआवासीय नेपाली संघ एनआरएनएको बुधवार भैरहेको मतदानमा अध्यक्षका प्रत्यासी कुल आचार्य जित्ने दावी एक ज्योतिषले गरेका छन् ।
    नेपाल टेलिभिजनमा कार्यरत ज्योतिष चन्द्रकान्त पौडेलले आचार्यको कुण्डलीमा जनताको साथ पाउने योग रहेको र ग्रह कुमार पन्त भन्दा धेरै बलियो भएकोले चुनावी परिणाम आचार्यको पक्षमा आउने दावी गरेका हुन् ।

    पण्डित एवं ज्योतिष पौडेलका अनुसार आचार्यको कुण्डली अनुसार दुखमा परेका मानिसलाई तन, मन र धन दिएर सहयोग गर्ने र बोलीको प्रभाव बढ्ने योग रहेको छ । उनका अनुसार आजको समय समेत आचार्यका निम्ति निकै शुभ रहेको छ ।

    ‘अध्यक्षका दुई प्रत्यासीको ग्रह हेर्दा आचार्यको ग्रह पन्तको भन्दा निकै बलियो देखिन्छु,’ उनले भने, ‘यो दावी मैले लिखित रुपमा गरेको छु ।’
    मंगलबारदेखि सुरु भएको संघको नवौं विश्व सम्मेलन तथा महाअधिवेशनमा आगामी नेतृत्वका लागि आचार्य र पन्त प्रतिस्पर्धामा छन् ।

    झण्डै १२ बर्ष भारतमा विभिन्न स्थानमा बसेर ज्योतिषशास्त्र अध्ययन गरेका पण्डित पौडेल हाल नेपाल टेलिभिजनमा कार्यरत छन् । यसअघि सोमबार आयोजित पत्रकार सम्मेलनमा आचार्यले आफु हालसम्म कुनै पनि चुनाव नहारेको बताएका थिए । ज्योतिष पौडेलले एनआरएनएको गत चुनावमा पनि आचार्यले उपाध्यक्ष जित्ने दावी गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…