• नियमित तीनकुने भएर हिँड्ने यात्रुहरु चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउनुभन्दा केही दिनअघि आश्चर्यमा परे।

    सवारी साधन पार्किङ, झाडी लगायतको दृष्य देखिने तीनकुनेमा रातारात बगैंचा बन्यो। बीचको खाली ठाउँ छोप्नलाई छेउ–छेउमा माटो थुपारेर त्यसमाथि दुबो चपरी राखियो।

    यो सबै गर्दा २५–३० लाखको हाराहारीमा खर्च भएको काठमाडौं महानगरपालिका, वातावरण व्यवस्थापन विभागका प्रमुख हरिबहादुर श्रेष्ठले जानकारी दिए।

    ‘दशैंको बेला भएकोले फूलदेखि श्रमिक लागत समेत महंगो पर्यो,’ उनले सेतोपाटीसँग भने।

    तर, सी चिनफिङ फर्किएको १ हप्ता पनि हुन नपाउँदै त्यहाँका दुबोको चपरी समेत चोरी भएको श्रेष्ठले जानकारी दिए।

    ‘एयरपोर्ट तर्फको भाग र अन्य विभिन्न ठाउँबाट दुबो हराएको छ। त्यस्तै केही फूलहरु पनि छैनन्। आफ्नो घरमा लगेर सारेको पनि हुन सक्छ वा कसैले बदमासी गरेर फालेको पनि हुनसक्छ,’ उनले भने।

    अब भने यो घटना नदोहोरिने श्रेष्ठको तर्क छ।

    ‘अहिले सशस्त्र प्रहरीले पार्क रेखदेख गरिरहेको छ। पार्क तयार नभएसम्म उहाँहरुले संरक्षण गर्नुहुन्छ,’

    राष्ट्रिपति सी चिनफिङ स्वदेश फर्किसकेका छन्। उनको स्वागतको लागि सडक सुन्दर बनाउन नेपाल सरकारले सडक रंग्याउनेदेखि स्वागत गेट बनाउनेसम्म गरेको थियो। काठमाडौं महानगरपालिकाले सी हिड्ने मूख्य चोक सजाएको थियो।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…