•  

    काठमाडौं । चरम आर्थिक अनियमितताले गर्दा घाटामा गुज्रिएको गैर आवासीय नेपाली संघ नयाँ नेत्रित्वको छनौटको प्रक्रियामा छ ।

    संस्थालाई पारदर्सी ढंगले निस्पक्ष निर्वाचन गराएर नेत्रित्व हस्तन्तरणमा साथ् दिने भन्दा आफ्नो हालीमुहाली निरन्तरता दिन महासचिव बद्रि केसी काम्मर कसेर लागेको बताइन्छ ।

    कति सम्म भने आफु प्रतिकुल कुल आचार्यले चुनाव जित्ने पक्का देखिए पछि कुमार पन्त र केसीको इसारामा भोटिंग मेसिन बिग्रिएको भन्दै हठात रातारात चुनाव रोकेर बिश्वभरबाट आएका २६०० डेलिगेट्स हरुको बिचल्ली बनाइएको गम्भीर आरोप लगाइएको छ ।
    ५ घण्टा लाइन बसेर भात पानी माया मारेर बसेका डेलिगेट्स हरुलाई नै अपमान गर्ने शैलीले इलेक्ट्रोनिक भोटिंग क्यान्सिल गरेर कागजी भोटिंग गर्ने निर्णय बदलिएको छ ।
    अनावस्यक डेलिगेट्स र नक्कली भिसा बनाएर फेरी चुनावलाई प्रभाव पार्न खेल्ने समय निकाल्न निर्वाचन लम्ब्याउने प्रपंच भएको भनिएको छ ।

    भबन भट्टको कार्यकालमा महासचिवको जिम्मेवारी दोहोर्याएका केसी को बर्सिक प्रतिवेद फेल भएको छ भने पन्तले भट्टको कार्यकालमा जिम्मा लिएका आर्थिक लगानीका कुरा होल्ड गरेर आफ्नो पालामा माफिया पोस्न ल्याउन कुरेको आरोप छन ।
    शेष घलेले सुरु गरेको कल्याणकारी प्रकृतिको संस्था ५ डलर सदस्यता सुल्क उठाउदा पनि चरम घाटामा छ भने कुमार पन्तले अहिले फ्रिमा सदस्यता बाड्ने हावादारी कुरा गरेर अझ धेरै च्यारिटी गर्ने हावादारी कुरा गरेको उनको घोषणा पत्रका धेरै कुरा चुनावी नारा मात्र भएको जिकिर उनका बिरोधिहरुको छ ।

    चुनावको अन्तिम समयमा गौरी जोशी , महेश श्रेष्ठ जस्ता हस्थीहरुले पन्तको साथ् छोडे संगै आचार्यको जित थप सुनिस्चित देखिएकोले चुनावी सड्यन्त्र र तानाबानामा लागेको अधिकाम्स डेलिगेट्सहरुको जिकिर छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…