काठमाडौँ । गैरआवासी नेपाली संघको निर्वाचन विद्युतीय भोटिङ मेसिनबाट नहुने भएको छ । बुधबार मेसिन बिग्रिएपछि चुनाव स्थगित भएपछि मसिनको प्रयोग नगरिने भएको हो ।
अहिले केहिबेरमा सुरु हुने मतदानमा कागजी प्रक्रियाबाट सुरु हुने बताईको छ । नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुदैछ ।
संघको ४१ पदमा ७६ जनाको उम्मेदवारी परेको छ। ४२ पदको लागि निर्वाचन गर्न थालिएकोमा एक पदको लागि उम्मेदवारी परेको छ भने बाँकी ४१ पदको लागि ७६ जनाको उम्मेदवारी परेको छ।
अध्यक्षमा कुमार पन्त र कुल आचार्यले उम्मेदवारी दिएका छन्। चार उपाध्यक्षको लागि नौ जनाको उम्मेदवारी परेकोमा छ। निर्वाचनमा विवाद अझै कायमै रहेको छ ।