•  

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को सम्मेलनमा नेपाली कांग्रेस निकटका अध्यक्षका उम्मेदवार कुल आचार्यको पक्षमा एकाएक माहोल भएपछि कम्युनिस्टहरूबाट गडबढी शुरू भएको छ ।

    नेपाली कांग्रेस निकटका कुल आचार्य अध्यक्षमा विजयी हुने निश्चित जस्तै भएपछि बुधबार साँझ सात बजे हुने भनिएको निर्वाचन कार्यक्रम सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटको प्रगतिशील समूहका अध्यक्षका उम्मेदवार कुमार पन्त समूहले विथोलेको हो ।

    एनआरएनएको सम्मेलनमा नेकपाका कुमार पन्त समूहले नारावाजी गरेर निर्वाचन कार्यक्रम नै बिथोलिदिएको एक जना प्रतिनिधिले बताए ।

    नेकपा निकटका अध्यक्षका उम्मेदवार कुमार पन्त पराजित हुने निश्चित जस्तै भएपछि एनआरएनएको सम्मेलनमा कम्युनिस्टहरूले भाँडभैलो शुरु गरेको आरोप लागेको छ । यो आरोप मान्न प्रगतिशील समूह तयार छैन ।

    काठमाडौंको बौद्धस्थित होटेल ह्यातमा बुधबार साँझ सात बजेदेखि नयाँ नेतृत्वका लागि मतदान हुने कार्यक्रम थियो ।

    बिहीबार बिहान दश बजेसम्मका निर्वाचन कार्यक्रम स्थगित गरिएको छ ।

    प्रगतिशील समूहका अध्यक्षका उम्मेदवार कुमार पन्त र निर्वाचन समितिका संयोगक शिवकुमार रिजाललेको मिलोमतोमा निर्वाचन कार्यक्रम निर्धारित समयभन्दा एक दिन पर सारिएको एक जना प्रतिनिधिले बताए ।

    निर्वाचन समितिका संयोजक शिवकुमार रिजाल पूर्वएमालेका नेता एवम् अधिवक्ता हुन् ।

    स्रोतका अनुसार निर्वाचन कार्यक्रमलाई एक दिन पर धकेल्दा नेपाली कांग्रेस निकटका कुल आचार्यलाई बेफाइदा हुने अनुमानसहित प्रगतिशील समूहले सत्ताको दुरुपयोग गर्दै निर्वाचन कार्यक्रम विथोलेको आरोप छ ।

    ‘कुल आचार्यको पक्षमा एकाएक माहोल बनेको छ । कुमार पन्तको समूह पराजित हुने भएपछि निर्वाचन कार्यक्रम धाँधली गरेर रोकिएको छ’, स्रोतले भन्यो, ‘निर्वाचन कार्यक्रम एक दिन ढिला गर्दा कुल आचार्य निकटका प्रतिनिधिहरू घर जाने र निर्वाचनमा सहभागी नहुने भएपछि त्यसको फाइदा प्रगतिशील समूहका कुमार पन्तलाई हुने रणनीतिमा निर्वाचन कार्यक्रम बिहीबारसम्म धकेलिएको छ ।’

    प्रगतिशील समूहको रणनीति बुझेका कांग्रेस निकटको कुल आचार्य समूहले एनआरएनएका सबै प्रतिनिधिहरूलाई मतदान गरेर मात्रै घर फर्किन अपील गरेको छ ।

    दुईतिहाइको बलियो कम्युनिस्ट सरकारको अलोकप्रियताको प्रभाव एनआरएनएको अधिवेशनमा समेत देखिएको छ । कम्युनिस्ट सरकारबाट आजित बनेका एनआरएनएका प्रतिनिधिहरूले लोकतान्त्रिक समूहलाई साथ दिने घोषणा गरेपछि कुमार पन्त समूहको सातो उडेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…