• तेह्रथुम, २९ असोज । तेह्रथुमको छथर गाउँपालिका ६ साबिक सुदाप ८ साख्मामा तरुण दल गठन भएको छ । नेपाली कांग्रेस सुदापले आयोजना गरेको दशै तथा तिहार विशेष शुभकामना आदानप्रदान कार्यक्रममा नेकपाका दर्जनौ युवाहरू नेपाली कांग्रेसमा प्रवेश गरे संगै तरुणदल गठन गरिएको हो ।

    भवनी लिम्बुको संयोजकत्वमा २९ सदस्यीय टोल कमिटी गठन गरिएको नेपाली कांग्रेस सुदापका रमेश पौडेलले बताउनु भयो । त्यस्तै कमिटीको उपसंयोजकमा सुरेन लिम्बु,सचिवमा सुर्य पौडेल सहसचिवमा छत्र लिम्बु र कोषाध्यक्षमा जितबहादुर कार्की रहनु भएको छ । कमिटी नेपाली कांग्रेसका जिल्ला सदस्य तथा छथर कार्यसमिति सचिव डम्बर भट्टराई,नेपाल तरुणदल तेह्रथुमका उपाध्यक्ष तथा छथर अध्यक्ष विकास जोशी छथर ६ का सभापति महेन्द्र मादेनको उपस्थितिमा गरिएको थियो ।

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…