• काठमाडौं । भोटिङ सिष्टममा गडबडी आएपछि हिजो राति गैरआवासीय नेपाली संघको निर्वाचन स्थगित भएको थियो । चार मत खसेपछि आएको गडबडीपछि स्थगित भएको निर्वाचत पुनः सुचारु भएको छ। आजको मतदान मतपत्र खसालेर सुरु भएको हो।

    उक्त चार मतलाई बदर गरेर मतदान सुरु गरिएको अध्यक्षका उम्मेदवार कुमार पन्तले जानकारी गराए। उनका अनुसार अहिले भने मतदानमा कुनै समस्या रहेको छैन।

    राति निर्वाचन स्थगित भएपछि मतदाताहरु आक्रोशित भएका थिए। मतदाताहरुले नाराबाजी गरेका थिए। करिब तीन घण्टा ढिलो गरी सुरु भएको मतदान पुनः स्थगित गर्दा उनीहरु आक्रोशित भएका थिए। संघको मंगलबारदेखि नवौँ अन्तर्राष्ट्रिय सम्मेलन तथा महाधिवेशनबाट केन्द्रीय समितिको ४२ जना पदाधिकारीको निर्वाचित हुनेछन्।

    ८१ मुलुकमा शाखा रहेको एनआरएनएको अध्यक्षका लागि वर्तमान उपाध्यक्ष कुमार पन्त र कुल आचार्य प्रतिस्पर्धामा उत्रिएका छन्। याे सम्मेलनमा २५ सयभन्दा बढी गैरआवासीय नेपाली सहभागी रहेका छन्।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…