• काठमाडौँ । मकवानपुरको बकैया गाउँपालिका–३, जलजलेमा आपसी झगडाको कारण एक व्यक्तिले अन्धाधुन्ध बञ्चरो प्रहार गर्दा एक महिलाको ज्यान गएको छ ।

    जलजलेका सुकबहादुर पाख्रिनले आपसी विवादका क्रममा बञ्चरो प्रहार गरी सन्तमाया लोको ज्यान लिएको मकवापुर प्रहरी प्रमुख एसपी मुकेश सिंहले रातोपाटीलाई जानकारी दिए ।

    एसपी सिंहका अनुसार पाख्रिनको बञ्चरो प्रहारबाट घाइते सन्तमायाको हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृतक लोको टाउकोसहित विभिन्न भागमा लागेको छ ।

    पाख्रिनले अन्धाधुन्ध प्रहार गरेको बञ्चरोबाट सन्तमायासँगै उनका श्रीमान् कुलबहादुर र स्थानीय २६ वर्षीया दिवीमाया मोक्तान पनि घाइते भएका छन् । उनीहरुको पनि चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।

    सन्तमायाको हत्यामा संलग्न पाख्रिनलाई प्रहरीले हतियारसहित नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…