• सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि एकपटक आन्दोलन गर्ने इच्छा रहेको बताएका छन्।

    समाजवादको उद्देश्य प्राप्तिका लागि र नेकपालाई कम्युनिष्ट पार्टीजस्तो बनाउन आन्दोलन गर्ने इच्छा रहेको प्रचण्डले बताए।

    ‘हामी त जीवनको उद्धरार्धमा आइसक्यौं। बाँकी जीवन फेरि यो समाजवादको उद्देश्यका निम्ति, यो पार्टीलाई कम्युनिष्ट पार्टीजस्तो बनाउनका लागि आन्दोलन गर्ने इच्छा छ,’ बिहीबार गृहजिल्ला चितवनमा आयोजित चियापान कार्यक्रममा उनले भने, ‘यो महान उद्देश्यमा साथ दिनुहुनेछ भन्ने मेरो विश्वास छ। हामी जित्छौं पनि। प्रतिक्रान्ति यसरी रोकिन्छ भनेर उदाहरण दिन पनि सक्छौं।’

    उनले नेताहरू र पार्टीमा अलिअलि धुलोमैलो लागेको पनि बताए।

    ‘फेरि एकचोटी राष्ट्र, जनताको हितमा समर्पित भएर अब काम गर्छु भनेर दह्रोसँग संकल्प लियौं भने सकिन्छ। हामीमा अहिले अलिअलि धुलोमैलो लागेको मात्र हो,’ उनले भने, ‘हामीलाई कामै नलाग्ने गरी क्यान्सर भएको छैन। उपचार नै नलाग्ने गरी क्यान्सर भएको भन्न खोजेको होइन। ग्यास्टिक, अल्सर त्यतिसम्म होला क्यान्सर भएको छैन। त्यसको उपचार छ। बेलैमा उपचार गरौं। हामी माथि समीक्षा गर्दै छौं।’

    कम्युनिष्टहरू सत्तामा पुगेपछि दायित्व बिर्सदै जाने रोग लागेको पनि उनले बताए। उनले पार्टीभित्र अराजकता र व्यक्तिवादले जन्म लिएको बताए।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…