काठमाडौं – गैरआवासीय नेपाली संघ एनआरएनए अध्यक्षका प्रत्यासी कुल आचार्यले जापानका ओम गुरुङसहितको समूहको समर्थन पाएका छन्। एशिक्षा प्रशान्त क्षेत्रका संयोजक पदमा उम्मेदवार भएका जापानका अजिव गुरुङ (ओम), गोविन्द श्रेष्ठ र केपी सिटौलाको उम्मेदवारी परेको थियो। तर, सिटौलाले गुरुङलाई सघाउने बताएका छन्।
जापानका लोकप्रिय गैरआवासीय नेपाली अगुवा गुरुङको अगुवामा ठूलो संख्या अध्यक्षका प्रत्यासी आचार्यको समर्थनमा आएको हो। अध्यक्षमा लोकतान्त्रिक समावेशी प्यानलबाट कुल आचार्य र वामपन्थी प्यानलका कुमार पन्तबीच प्रतिस्पर्धा हुँदैछ। संघर्षबाट स्थापित आचार्य र मानव तस्करीमा संलग्न पन्तबीच चुनावी प्रतिस्पर्धा हुने भएको हो। अहिले मतदान जारी छन्।
