• काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार सुरु हुन अब एक साता बाँकी छ । तिहार रंगीचंगी बत्ती, सयपत्री, मखमली र झिलिमिलिको चाड हो । बजारमा तिहारको चहलपहल सुरु हुन थालिसकेको छ ।

    तिहारको बेला सयपत्री, मखमली फूलको मालाको माग अत्यधिक हुने हुँदा मूल्य आकासिन्छ र उपभोक्ताहरु महंगीको मारमा पर्छन् । तर, यस पटक भने आम उपभोक्ताले फूलको मालामा केही राहत पाउने भएका छन् ।
    यस वर्ष तिहारमा २५ लाख मालाको माग रहेको फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिए । यसमध्ये १८ लाख सयपत्री तथा सात लाख गोदावरी र मखमली मालाको माग रहेको

    एसोसिएसनको अध्ययनले देखाएको छ । १८ लाख सयपत्रीमा साढे १५ लाख माला नेपाली उत्पादनले नै धान्ने कसजुले बताए । नपुग साढे दुई लाख माला भारतबाट आयात हुनेछ ।

    गत वर्ष २२ लाख मालाको माग थियो, त्यसमा ३ लाख भारतबाट ल्याइएपनि १ लाख मात्र प्रयोग भयो । बाँकी दुई लाख डम्पिङमा गएको थियो । प्रत्येक बर्ष झण्डै १५ प्रतिशतका दरले फूलको माग वृद्धि हुने गरेको उनको भनाइ छ ।

    पछिल्लो समय नेपाल फूलमा आत्मनिर्भर हुने अवस्थामा पुग्न लागेको अध्यक्ष श्रेष्ठले बताए । फ्लोरिकल्चर एसोसियसनमा हाल सात सय व्यवसायी आवद्ध छन् । यी व्यावसायीक फूल खेती गर्नेहरु हुन भने तिहारलाई मात्र लक्षित गरेर फूलखेती गर्नेहरु पनि उल्लेख्य छन् । कतिपयले आफ्नो बारी, करेसा वा कौसीमा आफूलाई मात्र पुग्नेगरी फूल फुलाउने गरेका छन् ।

    एउटा मालाको कति पर्छ ?
    फ्लोरिकल्चर एसोसिएसनले उपभोक्तासम्म पुग्दाको मूल्य समेत निर्धारण गरेको छ । उपभोक्ताले सयपत्रीको प्रति माला ६० देखि ७० रुपैयाँ सम्म तिरे पुग्ने श्रेष्ठले जनाए । यद्यपि, गुणस्तर अनुसार मालाको मूल्य भने फरक पर्न सक्छ ।

    यो एक मिटरको मालाको मूल्य हो । लम्बाइ अनुसार मालाको मूल्य बढ्दै जानेछ । गत वर्ष ८० रुपैयाँ देखि १०० रुपैयाँसम्ममा माला बेचेको उनले जनाए । यद्यपि, मालामा व्यवसायीहरुले आफूखुसी मूल्य निर्धारण गर्ने गरेका आरोप लाग्दै आएको छ ।

    गत आर्थिक वर्षमा झन्डैै २ अर्ब ४२ करोड रुपैयाँको फूलको कारोबार भएको थियो । विदेशबाट १९ करोड रुपैयाँको पूmल आयात भएको एसोसिएसनले जनाएको छ ।

    हाल १५७ हेक्टर क्षेत्रफलमा झन्डै ७०० बढी व्यवसायिक किसानहरु पुष्प खेती आवद्ध छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…