काठमाडौं । गैरआवासीय नेपाली संघको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा जनप्रतिनिधिले समेत मतदान गरेका छन् ।
पर्वतको पैयुँ खोला गाउँपालिका वडा नं. ४ का अध्यक्ष महेन्द्र श्रेष्ठले मतदान गरेका हुन् । प्रवासी नेपाली मञ्च जापानका पुर्व अध्यक्ष श्रेष्ठ नेकपावाट उम्मेदवार भई स्थानिय निर्वाचनमा चुनाव जितेका थिए ।
निर्वाचित जनप्रतिनिधिले मतदान गर्न नपाइने भएपनि श्रेष्ठले आफू जापानको प्रतिनिधि भन्दै मतदान गरेका हुन् ।