• रातोकलम अनलाइन।

    क्वालालम्पुर,असोज-३०

    विश्वमा छरिएर रहेका आदिवासी जनजातिहरुको नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । नेपाल आदिवासी जनजाती महासंघको प्रमुख आयोजना तथा आदिवासी जनजातीय प्रतिनिधिमूलक संगठनहरू, नेफिन सम्बन्धन संगठनहरू र बिदेश स्थित सम्बन्धन शाखाहरूको सह-आयोजनामा यही मिति २०७६ कार्तिक १ - २ गते तदानुसार १८-१९ अक्टोबर २०१९ का दिन राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग, काठमाण्डौंमा "प्रथम अन्तर्राष्ट्रिय सम्मेलन" समुद्घाटन समारोह हुने भएको हो। महासंघका अध्यक्ष जगतबहादुर बराम र उपाध्यक्ष तथा विदेश विभाग इञ्चार्ज गोविन्द छन्त्यालले अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन देश तथा विदेशका संस्थाहरुलाई आग्रह गरेका छन् ।

    ‘विभिन्न उद्देश्यले संसारभरका विभिन्न देशहरूमा रहेर पनि नेपाल आदिवासी जनजाति महासंघको झण्डामा गोलबन्द भई नेपालका आदिवासी जनजातिको पहिचान र अधिकार प्राप्तिको आन्दोलनका लागि निरन्तर योगदान गरिरहेको स्मरण गर्दै गराउँदै परिवर्तित सन्दर्भमा संसारभरका नेपाली आदिवासी जनजातिहरूको बीचमा आपसी सम्बन्ध बिस्तार, सुदृढ र सांगठनिक सञ्जालमार्फत जोड्ने जोडिने उद्देश्यले आदिवासी जनजाति अन्तर्राष्ट्रिय सम्मेलन गर्न गराउन गइरहेको सम्मेलनमा भाग लिन मलेसिया बाट नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका संस्थापक अध्यक्ष लाल बहादुर अाले मगर ( सुन्दर ) त्यसैगरी महासंघका पूर्व अध्यक्ष रबिन राई द्वयले महासंघ मलेसियाको प्रतिनिधित्व गर्ने हुनु भएको छ।

    सो अन्तर्राष्ट्रिय सम्मेलनलाई सफल बनाउन नेफिन संघीय परिषद् सचिवालयका सम्पूर्ण पदाधिकारी र सल्लाहकारहरू, नेफिनका पूर्व प्रमुखहरू, नेफिनका आदिवासी जनजातीय संगठनहरू र सम्बन्धन संगठनहरूको तर्फबाट एक÷एक जना महिला र पुरुष गरी दुई जना, नेफिनको प्रदेश समन्वय परिषद्का अध्यक्ष रसंयोजकहरू, विदेशस्थित नेफिन सम्बन्धन शाखाहरूको तर्फबाट दुई–दुई जना महिला र पुरुष गरी चार जना र आवश्यक अन्य आदिवासी जनजाति आन्दोलनका व्यक्तित्वहरू प्रतिनिधिको रुपमा उपस्थिति हुने समेत जानकारी गराएको छ ।

    विदेशमा रहेर नेपालको आदिवासी जनजाति आन्दोलनलाई विभिन्न समयमा पुरयाएका, आर्थिक, नैतिक, भौतिकलगायत विविध खाले सहयोग र योगदानको उच्च कदर गर्दै आदिवासी जनजाति अन्तर्राष्ट्रिय सम्मेलनलाई सफल बनाउन एकअर्काबीच हातेमालोका लागि समेत महासंघले आग्रह गरेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…