• काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्तिक २ र ३ गते देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने निर्णय गरेको छ । आर्थिक वर्ष ०७६/७७ अन्तर्गत पहिलो चरण ७५३ वटै स्थानिय निकायका ६ महिनादेखि ५ वर्ष सम्मका बालबालिकाहरुमा भिटामिन ‘ए’ र १ देखि ५ वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधी खुवाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    शिघ्र कुपोषणको एकिकृत ब्यवस्थापन कार्यक्रम लागू भएका जिल्लाहरुमा ५ वर्ष मुनिका बालबालिकाहरुको पोषणको अवस्था जाँच गर्ने, ६ देखि २३ महिनाका बालबालिकालाई बुहुसुक्ष्म तत्व बालभिटा पोषणस्थिति लेखाजोखा आवश्यक व्यवस्थापनका लागि स्थानियतहलाई जानकारी गराउने मन्त्रालयले जनाएको छ ।

    यस्तो छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालायले जारी गरेको प्रेस विज्ञप्ती

    प्रस्तुत विषयमा विगतका वर्षहरुमा जस्तै यस आर्थिक वर्ष २०७६/७७ मा पनि यहि आउँदो कार्त्तिक २ र ३ गते राष्ट्रिय भिटामिन ए कार्यक्रम पहिलो चरण अन्तर्गत ७५३ वटै पालिकाका ६ देखि ५ वर्षसम्मका बाल बालिकाहरुलाई भिटामिन ए र १ देखि ५ वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधि खुवाउने कार्यक्रम यथावत रहेको व्यहोरा जानकारी गराउँदछौं ।

    साथै यी दिनहरुमा शिघ्र कुपोषणको एकिकृत व्यवस्थापन (IMAM) कार्यक्रम लागु भएका जि्लाहरुमा पाँच वर्ष मुनिका बाल बालिकाहरुलाई MUAC Tape बाट पोषण स्थिति लेखाजोखा र ६ देखि २३ महिनाबा बाल बालिकाहरुलाई बहुसुक्ष्म पोशक तत्व- बालभिटा वितरण कार्यक्रम पनि रहेकोले यस कार्यक्रम सम्वन्धित नगर गाउँ पालिका अन्तर्गतका लक्षित सामूहसम्म कार्यक्रम र सेवाको सुनिश्चितता र आवश्यक व्यवस्थापनका लागि त्यहाँबाट आफ्नो मातहतका सम्पूर्ण निकायहरुमा राष्ट्रिय भिटामिन ए आम वितरण अभियान सफलतापूर्वक सम्पन्न गर्न गराउन विगतमा जस्तै सहयोग समन्वय प्रचार प्रसार तथा आवश्यक सहजीकरको लागि सम्पूर्ण नगर गाउँ पालिकाहरुमा समन्वय गरिदिनुहुन आदेशानुसार अनुरोध छ । कार्यक्रम लागू भएका पालिका तथा जिल्लाहरुका लिष्ट यसै साथ संलग्न छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…