काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहन बहादुर बस्नेतले रिक्त सभामुख पदमा कांगेसले पाउँनुपर्ने दाबी गरेका छन् ।
रिपोर्टर्स क्लबको साक्षात्कारमा बिहीबार बोल्दै नेता बस्नेतले रिक्त रहेको सभामुख पद आफ्नो पार्टीको भएको दाबी गरेको हन् ।
नेपालको संविधानले पनि सभामुख र उपसभामुख फरक फरक दलको र फरक लिङको हुनुपर्छ भनेर व्यवस्था गरेको हुनले स्वत सभामुख पद कांग्रेसको भागमा परेको उनले भनाई छ ।
पार्टी सभापतिले शेरबहादुर देउवाले पनि सभामुखमा उम्मेद्वारी दिन तयार रहेको उनले जनाए । चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने राजकीय नेपाल भ्रमण महत्वपूर्ण रहेको बताए।
भ्रमणको क्रममा सडक, हाईड्रोदेखि रेलसम्म भएका सम्झौता महत्वपूर्ण भएको उल्लेख गरे । सहमति कार्यान्वयन गर्ने पक्षलाई पनि कडाईका साथ अघि लग्नुपर्ने धारण राखे