•  

    मोरङ । पथरीमा जारी दिश्रो पथरीशनिश्चरे खुल्ला नकआउट फुटबल प्रतियोगिताको आज (विहिबार) भएको खेलमा ट्राइवेकरको सहायतामा आयोजक पथरीलाई पराजित गर्दै पन्चायत फुटबल क्लब धरान सुनसरी प्रतियोगिताको दोश्रो चरणमा प्रवेस गरेको छ ।

    खेल अवधिभर २ बराबर गोल भएपछि निर्णयको लागि भएको ट्राइवेकरमा पन्चायन धरानको तर्फबाट अजित तामाङ, आविस्कार खड्का र रोशन भुजेलले गोल गरेका थिए ।

    आयोजक पथरीको तर्फबाट सन्तोष न्यौपानेले गोल गरेपनी सुबास तामाङ, मीन धिमालले हानेको गोल पोस पाहिरिएको थियो । अर्का खेलाडी विशाल पाण्डेले प्रहार गरेको गोल धरानको गोल रक्षक निशान राजधामिले रोकेका थिए ।

    खेल अवधिमा पहिलो हापको २ मिनेटमा आयोजक पथरीशनिश्चरेका खेलाडी योगेस तामाङ र २७ औं मिनेटमा विशाल पाण्डेले गोल गरेर आफ्नो टिमलाई २-० गोलको अन्तरले अगाडि बढाएका थिए ।

    दोस्रो हाप सुरु भएको ६ र ७ औं मिनेटमा धरानका तिर्थ बस्नेतले गोल फर्काउदै खेल बराबरीमा पुर्याएका थिए । खेलको म्यान अफ दि म्याच धरानका तिर्थ बस्नेत घोषित भए ।

    भोलि (सुक्रबार)को खेल शसस्त्र प्रहरी बेस क्याम्प (एपीएफ) झापा र साबिक विजेता लेटाङ फुटबल क्लबले मोरङवीच प्रतिस्पर्धा हुने आयिजक सुनाखरी युवा क्लबका खेल संयोजक नवीन ढकालले बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…