•  

    मोरङ । पथरीशनिश्चरे नगरपालिका—३ मा जग्गा हेर्न आएका दुईलाई कुटपिटसहित ३ जनालाई स्थानीय सुकुम्बासीले नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका छन् ।
    यसरी सुकुम्बासीको नियन्त्रणमा पर्नेहरुमा सुनसरी इटहरी उपमहानगरपालिका—५ का ३७ बर्षिया राजेन्द्र लिम्बू, बाहाराक्षेत्र नगर—११ क ३९ बर्षिय मोजिबुल खान रहेका छन् । लिम्बू र खान साढु दाजुभाइ हुन । सुकुम्बासीका नियन्त्रणमा परेर प्रहरीलाई बुझाइएको साढु दाजुभाइ भने आफूहरुमाथि अन्याय भएको बताएका छन् । जग्गा हेर्न लिम्बू र खानसँगै गएका धनकुटा नगरपालिका—७ का ददिराम थापा भने भागेर कुटपिटबाट जोगिएका थिए ।

    घट्ना विवरण अनुसार बुधबार करिव ११ बजे तीन जना पथरीशनिश्चरे—३ सामाजिक वस्तिको धनबहादुर भुजेलको घरमा पुगेर भुजेल बसेको जग्गा बारे सोधखोज गरेका थिए । जग्गाको सोधीखोजी गरेको केही बेरमा चारैतिरबाट गाउँलेहरु आएर राजेन्द्र लिम्बू, मोजिबुल खानलाई घेराबन्दी गरे । उनीहरुसँगै आएका ददिराम थापा भने विस्तारै घेरा बाहिर निस्केर भागे ।
    घेराबन्दी गरेर सयौ सुकुम्बासीहरुले लिम्बू र खानलाई पक्रेर पिट्न थाले । त्यहाँ आउने सुकुम्बासीको समूहको पिटाइबाट लिम्बूको टाउको र औलामा चोट लागेको छ । खानको ढाडमा लाठीले हानेको सुम्ला देखिन्छ । कुटपिट गरेर सामाजिक बस्तिदेखि दक्षिण पश्चिममा रहेको किरात चौकमा ल्याएर करिव ६ घण्टा सुकुम्बासीले थुनेर राखेका थिए । किरात चौकमा प्रयोगमा नआएको प्रहरी विट भित्र लगाएर ६ घण्टा नियन्त्रणमा राखेको राजेन्द्र लिम्बूले बताए ।
    किरात चौकमा तीन सय भन्दा बढी स्थानीयबासी भेला भएका थिए । विट भित्र लगाएपछि बाहिर मटितेल छर्केर जीउदै आगो लागउछौ भन्दै मानसिक प्रेसर दिएको मोजिबुल खानले बताए । जीउभरी मानिसको थुकले भरिएको थियो ।

    सुकुम्बासीको नियन्त्रणमा परेको लिम्बू शसस्त्र प्रहरीको हवाल्दार हुन् । खान काठमाडौंको म्यान पावर कम्पनिमा काम गर्दा र्हेछन् । दुवैजना दर्श विदामा सुनसरी आएका रहेछन् ।
    पथरीशनिश्चरे—३ सामाजिक बस्ति छेउमा रहेको धनबहादुर भुजेलको घरैमा लिम्बू र खान आउनुको कारण चाही यस्तो रहेछ । मोजिवुल खानको छिमेकी इन्द्रनारायण मण्डलले पथरीमा ५ कट्ठा जग्गा ७ लाख मै विक्री हुदै गरेको सुनाए । सस्तोमा जग्गा पाउने भएपछि खानले साढु भाई राजेन्द्र लिम्बूलाई सुनाए । लिम्बू र खानले चासो राखेपछि जग्गा धनि कमल गुरुङको सम्पर्कमा पुगे ।

    जग्गाको नस्सा, धनिपुर्जा, मालपोत तिरेको रसिद र जग्गाधनीको नागरिकताको फोटोकपी मगाए । सम्पूर्ण कागजाद प्राप्त भएपछि लिम्बू, खान र थापा भएर पथरी आएका रहेछन् । बिहिबार पथरी आउन खोज्दा जग्गा धनी कमल गुरुङले सस्तोमा विक्री गर्न लागेकोले बुधबार (आजै) नगए अर्कैलाई विक्री गर्ने भनेपछि तीन जना तुरुन्त पथरी आएको राजेन्द्र लिम्बूले बताए ।
    धनबहादुर भुजेलको बुहारी मिना भुजेलले भने सशुरालाई त्यहाँ आएका तीन जनाले यो जग्गा आफूहरुको भएको भन्दै हप्कीदप्की गरेपछि छिमेकीहरु उठेर नियन्त्रणमा लिएको बताए । सुकुम्बासीहरु त्यहाँ जग्गा हेर्न आउनेहरुकै गल्ति भएको बताउदै आएका छन् । सुकुम्बासी संगठनका अध्यक्ष जहरमान लिम्बूले नियन्त्रणमा पर्ने तीन जनाको त्यहाँ गलत उदेश्यले आएको बताए ।

    जग्गाधनी कमल गुरुङ आफू अन्यायमा पर्दै आएको बताए । साविक मोरङ गोविन्दपुर—५ को एक विगाहा र पथरीशनिश्चरे—३ मा रहेको ५ कट्ठा जग्गा राखेर एलसीसी बैंकबाट दुई बर्ष अघि २५ लाख पैसा निकालेर इन्द्रनारायण मण्डल र आफूले चलाएको बताए । उक्त रकमको हालसम्म ब्याज नतिरेको मण्डलले समेत आफूलाई धोका दिदै आएको गुरुङको भनाइ छ । बैंकले जग्गा लिलाम बिक्री गर्न लागेपछि पथरीको जग्गा बेचेर व्याज तिर्न खोजेको गुरुङको भनाइ छ ।
    मोरङ पथरीशनिश्चरेमा दोहोरो स्वामित्वको जग्गा समस्या छ । एउटा परिवारले ढालफाँड गरेर आवाद गरेपछि अर्को पक्षले जग्गा धनिपुर्जा लिएर मालपोत तिर्दै आएका छन् । दोहोरो स्वामित्वमा भएको जग्गा धनिले बेलाबेलामा जग्गा विक्रीको लागि यसरी मान्छेहरु पठाउँदा स्थानीय सुकुम्बासीहरुले नियन्त्रणमा लिएर कुटपिट समेत गरेर प्रहरीलाई बुझाउने गरेका छन् ।
    यस अघि पनि कमल गुरुङ, पुनम थापा मगर, भरतमणी भट्टराईलाई पनि स्थानीय सुकुम्बासीहरुले पक्रेर थुन्नुको साथै आगामी दिनमा जग्गा दावि गर्न नआउने लिखित सर्तमा छाड्दै आएका थिए

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…