• नेकपा निकट कुमार पन्तको पल्ला भारी,आयो बधाइको ओइरो

    काठमाडौंमा जारी गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं महाधिवेशनको चुनावी कार्यक्रम सकिएको छ । बुधबार हुने भनिएको चुनावी कार्यक्रम बिहीबार बिहान १० बजेबाट सुरु भएको थियो । बिहीबार साँझ सम्पन्न मतदानमा २३४४ मत खसेको छ । अब मतगणनाको तयारी हुँदैछ । अध्यक्षमा कुमार पन्त र कुल आचार्यबीच प्रतिस्पर्धा भएको छ ।

    मत खसेको आधारमा कुमार पन्तले अग्रता लिएका छन् । उनले करिब ५ सय मतले कुल आचार्यलाई पछि पारेको अनुमान गरिएको छ । मतदान अघिसम्म हो–हल्ला भए पनि मतदान सुरु भएसँगै एनआरएनहरु शान्त वातावरणमा चुनावी कार्यक्रममा सहभागी भए । निकै रस्साकसीकाबीच भएको मतदान प्रक्रियामा सदस्यहरुको उत्साहजनक सहभागिता देखिएको छ । कुल आचार्यले जित्ने र कुमार पन्त हार्ने हल्लालाई एनआरएनहरुले ‘हल्ला जत्ति भए पनि परिणाम उही, कुमार पन्तको पल्ला भारी’ भन्न थालेका छन् । मत खसेसँगै कुमार पन्त पक्ष उत्साहित भएका छन्, एक अर्कालाई बधाई तथा शुभकामना दिन थालेका छन् ।

    आगामी दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न लागेको एनआरएनएको नवौ महाधिवेशनका लागि करिब २५ सय एनआरएनहरु काठमाडौंमा आएका छन् । हाल भवन भट्ट अध्यक्ष छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…