•  २०७६ कार्तिक १ शुक्रवार

    काठमाडौँ । समृद्ध र स्वाभिमानी देश निर्माण गर्नको निम्ति युवा पलायन र भ्रष्टाचार नै प्रमुख चुनौती हुन भन्दै “युवा पलायन र भ्रष्टाचार बिरुद्ध जागरण अभियान” को ब्यानर लिएर कास्की अन्नपूर्ण गाउँपालिकाका एक युवाले पोखरा देखि काठमाडौं सम्मको पैदल यात्रा सुरु गरेका छन् |

    त्रिभुवन बिश्वबिधालय M.sc. Biotechnology मा अध्यानरत मेदबी विद्यार्थी गणेश अधिकारीले कार्तिक १ गते पोखरादेखि यात्रा सुरु गरेका हुन| उनको यात्रा पृथ्वीराजमार्ग हुँदै काठमाडौं सम्मको हुनेछ |

    मेदबी विद्यार्थीको अलवा उनी एक कुशल खेलाडी तथा सामाजिक अभियान्त समेत हुन| उनले यात्राको क्रममा भेटिने स्थानीय सँगै अनौपचारिक अन्तरक्रिया गर्नुका साथै बिभिन्न बेथितिको विषयमा जानकारी लिने कार्यक्रम रहेको उनले जानकारी दिए |

    पछिल्लो केही दशक देशमा भ्रष्टाचार, कुरीति कुसंस्कार मौलाईरहेको सबै माझ घाम जत्तिकै छर्लङ्ग छ | युवासक्ति पलायन झन् डरलाग्दो स्थीतिमा छ | भिमकाय पाहाड फोडेर रेल गुडाउन सक्ने युवासक्ति विदेश पलायन हुने अर्कोतर्फ देशलाइ समृद्ध गर्छु भनेर नेतृत्व गर्ने नेतागण भ्रष्टाचारमा लिप्त हुँदा देशमा केहि गर्छु भनेर लाग्ने युवा निराश भएका छन |

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…