झापा – चिरपरित मुहार, टेलिभिजन र सामाजिक सन्जालमा देखिरहेको । । उनिहरुको प्रस्तुतिले मनै छोएपनी भन्न साथ देख्न भेट्न कहा पाउनु । यहि कौतुहलता र इच्छुकताले गौरादह बासिको तृष्णा थियो उनि हरुको अगाडि बसेर हेर्न पाए कस्तो हुन्थियो । यहि कुरालाइ मद्यनजर गर्दै गौरादह उवासङले जुराइ दियो उनि हरु सङै रम्मे रमाउने । झापाको गौरादहमा जारी दशैँ महोत्सवमा बिहिबार बिष्णु सापकोटा अर्थात ‘हर्के हल्दार’ ले दर्शकहरुलाई हँसाएका छन् । हर्के हल्दारले सामाजिक सचेतना मिश्रित ब्याङ्गग्य प्रस्तुत गरेका थिए ।
बैदेशिक रोजगारीले उब्जिएका बिकृती, लाहुरेको पिडा , राजनीतिक परिवर्तन भएपनि जनताको हितमा काम नभएको भन्दै उनले नेताहरुलाई झटारो हाने । महोत्सवमा आएका दर्शकले रमाइलो मात्र गरेनन् बिकृती बिरुद्ध हर्के हल्दारले दिएको हाँस्यब्याङ्गग्य प्रस्तुतीमा सही थापे ।
उनि जस्तै हरेक दिन राष्ट्रिय कलाकारको आगमनले गौरादह बासी गौरबान्बित भएका छन । भन्छन, राष्ट्रिय कलाकारको आगमनले हामी हर्सित छौ । पारिबारिक बाताबरणमा महोत्सवमा रम्न पाउदा स्थानियको खुशिको सिमा छैन । वाणिज्य सङले घाटा नाफा जे होस गौरादहको चिनारी बढाएको छ , नत्र हामी अन्यत्र जानु पर्थियो मेला महोत्सवमा रम्न ।
गौरादह उद्योग वाणिज्य संघको आयोजनामा कृषि थोक बजारमा गत असोज १७ गतेबाट दशैँ महोत्सव भइरहेको छ ।
महोत्सव कार्तिक २ गते सम्म चल्ने आयोजकले जनाएको छ ।
त्यस्तै आज चर्चित गायिका मिना निरौला र अन्तिम दिन गायक शिव परियारको प्रस्तुति रहेको आयोजकले जनाएको छ । आयोजक स्थानियलाइ खुशी दिन आफनो बलबुदाले भ्याए सम्म खटिरहेको छ ।