• काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्वका लागि भएको निर्वाचनपछिको मतगणनामा कुमार पन्तको प्यानल जित नजिक पुगेको छ।

     

    ७० प्रतिशत भन्दा धेरै मत गनिसक्दा पन्तको प्यानलले अग्रता बढाउँदै लगेको हो। सुरुमा कूल आचार्यले पन्तलाई कडा टक्कर दिए पनि मतगणना अन्तिम चरणमा पुग्दै गर्दा फराकिलो मतले पछि परेका हुन्। बिहीबार भएको निर्वाचनमा २ हजार ३ सय ४१ मत खसेको थियो।

     

    निर्वाचनमा ४२ पदका लागि ७६ जना प्रतिस्पर्धी छन्। यो पटक पन्तको पक्षमा सत्तारूढ नेकपा उभिएको छ भने आचार्यको पक्षमा नेपाली कांग्रेस उभिएको छ। यद्यपि निर्वाचन कमिटीले अहिलेसम्म आधिकारिक मतपरिणा सार्वजनिक गरिसकेको छैन। बुधबार विद्युतीय मेशिनबाट सुरु गरिएको मतदान प्राविधिक गडबडी भन्दै रोकिएको थियो। त्यसपछि बिहीबार कागजकै मतपत्रमार्फत् मतदान गराइएको थियो।

     

    एनआरएनएको यसपटकको नवौँ विश्व सम्मेलन उद्घाटनदेखि समापनसम्म आइपुग्दा पनि विवादित छ। बिहीबार राति मतगणनाका क्रममा आचार्य र पन्त पक्षबीच मतगणनास्थल बाहिर विवाद हुँदा प्रहरीले हस्तक्षेप नै गर्नुपरेको थियो

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…