•  

    १ कात्तिक, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ४० प्रतिशत मतगणना सकिएको छ । यद्यपि, निर्वाचन समितिले यसको आधिकारिक जानकारी भने दिइसकेको छैन ।

    बिहीबार सम्पन्न निर्वाचनको शुक्रबार बिहान सम्ममा ४० प्रतिशत मतगणना सकिएको एनआरएनए स्रोतले जनाएको छ । निर्वाचनमा २ हजार ३ सय ४१ मत खसेको थियाे ।

    जारी मतगणनामा कुमार पन्तले अग्रता बनाएका छन् । एनआरएनए स्रोतका अनुसार, पन्तले आफ्ना प्रतिस्पर्धी कुल आचार्यलाई ७० मतले पछि पारेका छन् ।

    एनआरएनएको नवौं अन्तर्राष्ट्रिय महाधिवेशन गत असोज २८ देखि सुरु भएको थियो । ३० गतेसम्मका लागि महाधिवेशन तय गरिएको भए पनि प्राविधिक तथा अन्य विवादका कारण सम्मेलन लम्बिएको छ ।

    निर्वाचनमा शुरुमा विद्युतीय मेशिनबाट मतदान हुने भनिएता पनि विवाद भएपछि मतपत्र प्रयोग गरिएको थियो ।

    निर्वाचनमा ४२ पदका लागि ७६ जना प्रतिस्पर्धी रहेका छन् । मतगणना सकिएपछि आगामी २ वर्षका लागि यी पदहरूको पूर्ति हुनेछ ।

    एनआरएनएको ४० प्रतिशत मतगणना सकियो, कुमार पन्त अगाडि

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…