•  

    काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त विजयी भएका छन् । एनआरएनएको नवौं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनले कुमार पन्तको नेतृत्वमा नयाँ पदाधिकारीको चयन गरेको हो । बिहीबार भएको मतदानमा उनले प्रतिद्वन्द्वी कुल आचार्यलाई हराउँदै विजयी भएका हुन् । निर्वाचन समितिका सदस्य कुलप्रसाद पाण्डेले पन्त विजयी भएको जानकारी दिएका छन् ।

    उनले भने, 'मत गणना सकिएपनि मतपरिणाम सार्वजनिक गर्न केही समय लाग्छ । हामी यहाँ निर्वाचन प्रक्रियाका केही कुराहरु मिलाउँदै छौं ।'

    ४१ पदाधिकारीको लागि मतदान भएको थियो। ४१ पदाधिकारीका लागि ७५ जना चुनावी मैदानमा उत्रिएका थिए।

    बुधबार राति इलेक्ट्रोनिक भोटिङ हुने भने पनि मेसिन बिग्रिएको भन्दै शुक्रबार १० बजेदेखि मतदान सुरु गरिएको थियो।

    कुल २ हजार ५ सय ७० मतदाता मध्ये २ हजार ३ सय ४४ मत खसेको थियो। निर्वाचन समितिका सदस्य कुलप्रसाद पाण्डेकाअनुसार युरोपबाट ९२०, अमेरिकाबाट २७१, अष्ट्रेलिया, र न्युजिल्याण्डबाट २१५, एसियाबाट ४६२, मध्यपूर्वबाट ४६० र अफ्रिकाबाट १६ मत खसेको थियो।

    बिहीबार बिहान साढे १० बजेबाट मतदान सुरु भएको थियो। बुधबार राति ८ बजे विद्युतीय भोटिङ मेसिनबाट मतदान भएपनि मतदान गर्नसाथ मेसिन बिग्रँदा मतपत्रको आधारमा मतदान गरिएको थियो।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…