• काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का निलम्बित सांसद कृष्णबहादुर महराले बयान दिन अटेर गरेका छन् ।

    स्वास्थ्य सामान्य हुँदा पनि क्याविनमा बसेर बयान रोक्न मिल्छ महरा जी ? आम नागरिक प्रश्न गरिरहेका छन् ।

    महराले प्रहरीलाई पत्र पठाएर स्वास्थ्यको कारण देखाउँदै बयान दिन अस्वीकार गरेका छन् । जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रमुख उत्तम सुवेदीले महराको स्वास्थ्यका कारण बयानमा केही ढिलाइ भएको बताए ।

    संसद सचिवालयकी कर्मचारीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका महरा काठमाडौंको थापाथलीस्थित महँगो निजी अस्पताल नर्भिकको क्याबिनमा बसेर उपचार गराउँदै आएका छन् ।

    प्रहरीले महरासँग प्रारम्भीक सोधपुछ गरेपनि सरकारी वकिलको उपस्थितिमा थप बयान दिन भने मानेका छैनन् । बरू स्वास्थ्यका कारण अहिले बयान दिन नसक्ने चिठी अस्पतालबाट प्रहरीलाई दिन लगाएका हुन् ।

    महराको शरीरमा सुगरको मात्रा, अनिद्रा र तनाव बढेको नर्भिक अस्पतालले जनाएको थियो । असोज १९ गते पक्राउ परेका महरा २३ गतेदेखि नर्भिक अस्पतालको क्याविनमा बसिरहेका छन् ।

    महरालाई हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद शुक्रबारसम्ममात्र अदालतले दिएको छ । शुक्रबारसम्म पनि उनको बयान लगायतका अन्य अनुसन्धान नसकिए आइतबारफेरि म्याद थप्न भने सकिन्छ ।

    महरा पक्राउ परेको १२ दिन पुगिसकेको छ । अझै १३ दिनसम्म उनीमाथि मुद्दा चलाउने वा नचलाउने निर्णय गरिसक्नुपर्नेछ ।

    महराले बयान दिन नमाने पनि प्रहरीले अन्य प्रमाणहरू संकलन गरेर २५ दिनभित्र सरकारी वकिल कार्यालयमा प्रतिवेदन पेश गर्नुपर्नेछ ।

    संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले आफूले इन्कार गर्दा गर्दै महरा असोज १२ गते आफ्नै घर आएर जबरजस्ती करण गर्न खोज्दा कुटपिट गरेको जनाएकी थिइन् ।

    महरालाई प्रहरीले असोज १९ गते सभामुख निवास बालुवाटारबाटै पक्राउ गरेको थियो । दशैँका बेला खसी काटेर खाने तयारी गरिरहेका बेला प्रहरीले महरालाई गिरफ्तार गरेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…