•  

    अर्जुन जम्नेली राई
    मोरङ । मोरङ पथरीशनिश्चरे—४ बस्ने डिमोने कामीलाई छुवाछुत सम्बन्धी दुव्यवहार गरेको अभियोगमा जाहेरी दरखास्त परेपछि वडा नं. ९ को टकलबहादुर पाण्डे र रुद्रबहादुर कटुवाललाई प्रहरीले पक्राउ गरेको छ ।
    असोज २० गते साँझ ५ बजे शनिश्चरे बजारमा रहेको टकलबहादुर पाण्डेको चिया दोकानमा ६० बर्षिय डिमोने कामी चिया खान गएका थिए । चिया दोकानमा रहेको ६५ बर्षिय रुद्रबहादुर कटुवालले ‘ए कामी तेरो बस्ने ठाउँ बाहिर हो ।’ भनेपछि होटल सञ्चालक टकलबहादुर पाण्डेले मेरोमा सत्यवादी मान्छेहरु आउँछन । बाहिर बस भन्दै ठेलेर बाहिर निकालेको पीडित डिमोने कामीको भनाइ छ ।
    घट्नापछि २२ गते पथरीशनिश्चरे नगरपालिकामा रहेका विभिन्न दलितसँग सम्बन्धीत संघ संस्थाहरुको भेलागरेर २७ गते इलाका प्रहरी कार्यालय पथरीमा ‘जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय’ सम्बन्धी मुद्धा लगाएका छन् ।
    मुद्धा लगाएपछि प्रहरीले असोज २९ गते पाण्डे र कटुवाललाई पक्रेर ३० गते जिल्ला अदालतबाट म्याद थप गरिएको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी लक्ष्मीनारायण अधिकारीले बताए ।
    पति विरुद्ध मुद्धा दर्ता भएपछि टकलबहादुर पाण्डेको पत्नि कुष्णकुमारी पाण्डेले डिमोने कामी विरुद्ध अभद्र व्यवहारमा जाहेरी दरखास्त दिएपछि कामीलाई पनि पक्राउ गरिएको छ ।
    कामीलाई पक्राउ गरेपछि ३० गते अपरान्ह नगरमा रहेका दलित संघ÷संस्थाहरुबाट पत्रकार सम्मेलनको आयोजना गरी छुवाछुत सम्बन्धी भएको घट्नाको निष्पक्ष छानवित तथा डिमोने कामीलाई विना सर्त रिहाइको माग गरेको छ । रिहाइ नभए संघर्ष हुने दलित संगठनले निकाले प्रेस विज्ञप्तिमा उल्लेख छ । पत्रकार सम्मेलनमा दलित संग सम्बन्धित सात वटा संस्थाका नेताहरु सहभागि थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…