• काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले नौ महिनामा चारपटक मुलुकमा ठूलो आन्दोलन हुने, आफू जंगल जान सक्ने र आन्दोलन गर्ने इच्छा रहेको अभिव्यक्ति दिएका छन्। उनले गत माघदेखि अहिलेसम्म चारपटक मुलुकमा ठूलो आन्दोलन हुनसक्ने, आफूले त्यसको नेतृत्व गर्न सक्ने तथा जंगल जान अनुमति दिए जंगल नै जान सक्नेजस्ता अभिव्यक्ति दिएका हुन्। दलका कार्यक्रम वा अन्य कार्यक्रममा पनि उनले त्यस्ता अभिव्यक्ति दिएका छन्।

    बिहीबार मात्रै गृहजिल्ला चितवन पुगेर उनले फेरि एकपटक आन्दोलन गर्ने इच्छा रहेको बताए । समाजवादको उद्देश्य प्राप्तिका लागि र नेकपालाई कम्युनिस्ट पार्टीजस्तो बनाउन आन्दोलन गर्ने इच्छा रहेको उनको भनाइ थियो। ‘हामी त जीवनको उत्तराद्र्धमा आइसक्यौं। बाँकी जीवन फेरि यो समाजवादको उद्देश्यका निम्ति, यो पार्टीलाई कम्युनिस्ट पार्टीजस्तो बनाउनका लागि आन्दोलन गर्ने इच्छा छ। यो महान् उद्देश्यमा साथ दिनुहुनेछ भन्ने मेरो विश्वास छ। हामी जित्छौं पनि’, उनले भने।

    यसअघि असोज ६ मा आयोजित कम्युनिस्ट आन्दोलनकी नेत्री सहाना प्रधानको स्मृति दिवस कार्यक्रमममा पनि दाहालले फेरि एउटा अर्को आन्दोलन चाहिएको बताएका थिए। उनले त्यो कार्यक्रममा त्यस्तो आन्दोलन शान्तिपूर्ण र प्रतिस्पर्धात्मक हुने बताएका थिए। ‘हामी हिजो जेलाई आदर्श भन्थ्यौं, आज त्यही आदर्शमा छौं त ? हामी सबैले गर्नुपर्ने मुख्य प्रश्न यही हो,’ सो कार्यक्रममा दाहालले भनेका थिए, ‘हामीलाई अर्को आन्दोलन, अभियान र मिसन चाहिएको छ। सम्पूर्ण ताकत लगाउने फौज चाहिएको छ। नत्र हाम्रो पार्टीको हालत पूर्वी युरोपका कम्युनिस्ट पार्टीको जस्तै हुन्छ।’

     दाहालले गत माघदेखि अहिलेसम्म चारपटक मुलुकमा ठूलो आन्दोलन हुनसक्ने, आफूले त्यसको नेतृत्व गर्न सक्ने तथा जंगल नै जान सक्नेजस्ता अभिव्यक्ति दिएका छन्।

    गत वैशाख २२ मा पनि कार्ल माक्र्सको २०१औं स्मृतिदिवसको अवसर पारेर आयोजित ‘समृद्धि र समाजवाद ः हामी कहाँ छौं रु’ विषयक विमर्श कार्यक्रममा पनि दाहालले फेरि जंगल पस्ने बताएका थिए। कार्यक्रममा दाहालले भनेका थिए, ‘मैले जसरी भन्न खोजें, मेरा केही बुझाइ, भावना, अनुभव सेयर गर्ने हिसाबले प्रस्तुत भएँ। र म के ठान्छु भने फेरि एकपटक सम्पूर्ण चिज त्याग गरेर जंगल जान्छु भन्ने विश्वास छ, जरुरी परे।’

    उनले यसमा आफूलाई गाह्रो नलाग्ने पनि बताएका थिए। ‘कतिपयलाई के लाग्छ भने यत्रो भइसक्यो के गर्ने रु कसरी सकिन्छ भनेजस्तो पनि हुन्छ। मलाई चाहिँ साँच्चै हेर्नु होला, कमरेडहरु, तपार्ईंहरुको साथ चाहिन्छ, साथ रहेन भने एक्लै जोगी बन्न त जान्नँ। जोगी भएर हुने कुरा त छैन। तपाईंहरु साथमा हुनुभयो भने एउटा क्लाइमेक्समा पार्टी र आन्दोलनलाई लगेर मात्र माथि जाने विचार छ’, उनले भनेका थिए।

    पार्टी एकीकरण भएपछि पहिलो पटक माघ २५ मा दाहालले मुलुकमा फेरि द्वन्द्व सुरु हुनसक्ने बताएका थिए। ‘स्थानीय तह सञ्चालन ऐन स् न्यायिक समिति, कार्यविधि र प्रक्रिया’ नामक पुस्तकको विमोचन गर्दै दाहालले कानुन निर्माण, सुरक्षा, बजेट सबै विषयमा सरकारले प्रदेश र स्थानीय तहको अधिकार संकुचन गर्न खोजेको भन्दै यस्तो बताएका थिए। ‘शान्ति सुरक्षा, बजेटलगायतमा विषयमा सरकार संविधानको भावनाअनुसार चलेको छैन, सिंहदरबारबाट अधिकार प्रत्यायोजन गर्ने, कर्मचारी समायोजन गर्नेतिर ठीक ढंगले अगाडि बढेका छौं रु फेज आउट गर्नेतिर त गइरहेका छैनौं रु सोच्नुपर्ने ठाउँमा जाँदैछौं,’ उनले त्यति बेला भनेका थिए, ‘पहाडमा अर्को खालको आन्दोलन सुरु हुने खतरा छ। जनयुद्ध र जनआन्दोलनको मर्मअनुसार सरकारले काम नगरे मुलुकमा माओवादीभन्दा पनि ठूलो आन्दोलन हुन सक्छ।’ उनले माओवादीलाई सिध्याइहालियो भन्ने कसैले ठान्यो भने त्यो दुर्भाग्यपूर्ण हने बताएका थिए।

    ‘अभिव्यक्ति स्वाभाविक’

    आन्दोलन गर्ने, फेरि जंगल पस्नेजस्ता दाहालका अभिव्यक्ति स्वाभाविक भएको उनी निकटका नेताहरुले बताएका छन्। नेकपाका स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले नेताहरु विवादित र संस्कारहीन बन्दै गएको अवस्थामा सुधार नेताहरुबाटै हुनुपर्ने सन्दर्भमा अध्यक्ष दाहालको अभिव्यक्ति सार्वजनिक भएको बताए।

    ‘नेता कार्यकर्तामा राजनीतिक संस्कार हराउँदै गएकाले अध्यक्षज्यूको यस्तो धारणा आएको हुन सक्छ। पार्टीभित्र विकृति विसंगति बढ्दै गएको छ। अराजकता र भ्रष्टाचार पनि मौलाउँदै गएको छ। जनताको अपेक्षालाई पूरा गर्न नसकिएको अवस्थामा पार्टी अध्यक्षको नाताले जनताको समस्या समाधान गर्नुपर्छ भन्ने उहाँको धारणा हो’, उनले भने।

    सरकार र पार्टी दुवैबीच समन्वय आवश्यक नरहेकोप्रति प्रचण्डको व्यापक असन्तुष्टि रहेको छ । त्यो असन्तुष्टिलाई अलि साम्य पार्न पनि उनले यस्तो अभिव्यक्ति दिने गरेका छन् ।

    प्रचण्ड अनुकुलको वातावरण नहुँदाको साइड इफेक्ट 

    अहिले प्रचण्डअनुकूलको कुनै वातावरण नेकपामा छैन । राजनीतिक विश्लेषक श्याम श्रेष्ठले आफू अनुकुलको वातावरण नहुँदा राजनीतिक जुवाडे प्रचण्डले बेलाबेला यस्तो धम्की दिने गरेका बताए ।

    ‘राजनीतिक जुवाडे हुन् प्रचण्ड,’ श्रेष्ठले भने, ‘राजनीतिमा जुवा खेल्न रुचाउने व्यक्ति भनेर प्रचण्डलाई चिनिन्छ । उल्टो बाँकटे हानेर नदीको भेल तर्न खोज्ने खाले मान्छे हुन् उनी ।’

    श्रेष्ठले अहिल्यै नेकपाभित्र ठूलो पहिरो जान नसक्ने बताए । ‘अहिले नेकपा फुटिहाल्ने बिन्दुमा देखिँदैन, पार्टीभित्र द्वन्द्व पनि देखिँदैन,ु श्रेष्ठले भने,’ यदि मनमुटाव, द्वन्द्व भएको भए सत्तासमीकरण नै परिवर्तन गर्न उनी लागेको अनुमान गर्न सकिन्थ्यो ।

    महरा प्रकरणपछि अबको शिकार आफू हुन सक्ने प्रचण्डलाई लागेको हुनसक्ने श्रेष्ठको तर्क छ । तर यतिमै प्रचण्डले ठूलो विद्रोह गरेर राजनीतिक समीकरण नै परिवर्तन गर्ने आधार तयार नभइसकेको श्रेष्ठ बताउँछन् ।

    नेताहरुको संस्कार र बोली व्यवहारमा परिवर्तन हुनु आवश्यक रहेको सन्दर्भमा दाहालबाट पटकपटक यस्तो अभिव्यक्ति आउनु गम्भीर विषय भएकोले नेताहरु सच्चिन आवश्यक रहेको राजनीति विश्लेषकहरुले सुझाउने गरेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…