नेकपाका अध्यक्ष पुष्पकमल दाहान प्रचण्डले मन्त्री हेरफेरमा आफ्नो हात नभएको बताएका छन् ।
उनले शुक्रबार धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोदै यस विषयमा प्रधानमन्त्री र आफूबीच कुनै कुराकानी नभएको स्पष्ट पारे ।
मन्त्री परिवर्तन प्रधानमन्त्रीको क्षेत्राधिकारको विषय भएको उल्लेख गरे । प्रधानमन्त्री र आफ्नो विषयमा कुरा हँुदा मन्त्रीहरु हेरफेर गर्ने विषयमा कुनै छलफल नभएको उनले प्रष्टाए ।
उनले अबको समृद्धि सुदूरपश्चिमतिर केन्द्रित हुनुपर्ने बताए । सुदूरपश्चिम प्रदेश विगतमा पनि पछाडि परेकाले अब विकास निर्माणको काम यतातिर बढी केन्द्रित हुनुपर्नेमा जोड दिए ।
मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएर निर्वाचनपछि विकास र समृद्धितिर गइसकेकाले सुदूरपश्चिममा अलि बढी केन्द्रित हुनुपर्छ भन्ने धारणा व्यक्त गरे ।